×

NMB BANK
NIC ASIA

बुटवल – ५ नम्बर प्रदेशको सार्वजनिक लेखा समितिले नदीजन्य पदार्थमा अनियमितता हुँदा प्रदेशको ठूलो राजस्व गुमेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ ।

Muktinath Bank

निर्माण सामग्रीका रूपमा प्रयोग हुने ढुंगा, गिट्टी र बालुवाको अवैध दोहनको तत्काल नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  लिला गिरीको उपस्थितिमा प्राकृतिक स्रोत साधनको अवस्था, समितिको कार्यविधि, समसामयिक विषय लगातका विविध विषयमा छलफल गर्न सार्वजनिक लेखा समितिको वैठक बसेको थियो ।


Advertisment
Nabil box
Kumari

सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेशमा सञ्चालीत क्रसर उद्योगहरू मापदण्ड अनुरुप सञ्चालन रहे नरहेको, नदीजन्य पदार्थ तथा वन पैदावारको चोरीनिकासी नियन्त्रण हुन नसक्नुका कारण र त्यसको ठेक्का कहिले लगाउने भनी प्रश्न गरेका थिए ।

Vianet communication
Laxmi Bank

मन्त्री गिरीले प्रदेशमा सञ्चालित धेरैजसो क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले मापदण्डमा आउन उद्योगलाई ६ महिनाको समय दिइएको समितिलाई जानकारी गराए ।

नदीजन्य पदार्थको उत्खनन् गर्न ठेक्का लगाउने जिम्मेवारी स्थानीय तहको रहेको बताउँदै मन्त्री गिरीले छिटोभन्दा छिटो ठेक्का लगाउने विषयमा स्थानीय तहलाई लेखि पठाएको जानकारी समेत गराए । संक्रमणकालीन अवस्था र कर्मचारीको अभावका कारण कतिपय योजनाका कामहरू अगाडि बढाउन ढिलाइ भइरहेको जवाफ दिँदै मन्त्री गिरीले आगामी वर्षदेखि समयमै नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त गर्ने र योजनाका काम पनि अगाडि बढाइने बताए ।

चालू आर्थिक वर्षको ६ महिना बित्न लाग्दा समेत नदीजन्य पदार्थको ठेक्का नलाग्नु र ठेक्का नलागेपनि अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् र कारोबार जारी रहनुमा माफियाको प्रभाव परेको हुन सक्ने समितिका सदस्यको आशंका छ । नदीजन्य पदार्थको ठेक्का लगाउनमा भएको ढिलाइका कारण राज्यको राजस्वमा ठूलो नोक्सानी भएको भन्दै समितिले त्यसमा ढिलाइ हुनुको कारणबारे स्पष्टीकरण लिएको हो ।

सम्बन्धित निकायले ठेक्का पनि नलगाउने तर त्यसको अवैध कारोबार पनि नरोकिँदा राज्यको राजस्वमा नोक्सानी भएकाले त्यस्तो कार्य तत्काल रोकेर ठेक्का लगाउने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ । समितिले मन्त्रालयका योजना कार्यान्वयनको अवस्थाबारे समेत चासो राखेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x