×

NMB BANK
NIC ASIA

ब्रेन डेड घोषित गरिएका व्यक्तिलाई लाइफ सपोर्ट झिकेपछि आयो होश

पुस २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाको नेब्रास्कामा बस्ने स्कट मार एक महिनाअघि स्ट्रोकपछि बेहोश भएका थिए । अस्पतालमा धेरै दिनसम्म चिकित्सकहरूले उनको मस्तिष्कमा कुनै प्रतिक्रिया नपाएपछि ब्रेन डेड घोषित गरे । 

परिवारलाई स्कट होशमा आउने कुनै आश रहेन । त्यसपछि उनको लाइफ सपोर्ट सिस्टम बन्द गरियो । 

तर अचम्मको कुरा, भोलिपल्ट स्कट होशमा आए । संसारभरि यो घटनालाई चमत्कारका रूपमा हेरिएको छ । 

चिकित्सकहरूले स्कट होशमा नआउने घोषणा गर्दा उनका परिवारका धेरजसो मानिसले आशै मारेका थिए । स्कटकी छोरी प्रेस्टनले भनिन्, ‘बुवा अब कहिले पनि होशमा आउनुहुन्न भन्ने हामीले ठान्यौं । उहाँ सधैं मलाई बच्चाहरूले
अस्पतालको खाटमा पल्टिएको नदेखून् भनिरहनुहुन्थ्यो । त्यसैले चिकित्सकको घोषणापछि हामीले लाइफ सपोर्ट सिस्टम बन्द गरिदिए र अन्तिम संस्कारको तयारी शुरू गरिदियो ।’

तर लाइफ सपोर्ट सिस्टम बन्द भएपछि पनि स्कटको सास चलिरह्यो । प्रेस्टनका अनुसार, भोलिपल्ट बिहान मैले पितालाई सास फेरेको देखें । अनि मैले उहाँलाई बूढी औंला हल्लाउन भनें । उहाँले बिस्तारै औंला हल्लाउनुभयो । प्रेस्टनले
चिकित्सकहरूलाई बोलाएर पितालाई जाँच्न भनिन् ।’

स्कटको उपचार गर्ने चिकित्सकहरूको टीममा रहेका डा रेबेकार रन्जका अनुसार, हामीलाई स्कटको रोग ठीक हुँदैनथियो जस्तो लागेको थियो । अन्त्यमा ब्रेन डेड भएको आशंका रह्यो ।

लाइफ सपोर्ट सिस्टम बन्द भए पनि स्कटले प्रतिक्रिया दिइरहेको थाहा पाएपछि चिकित्सकहरूले केही अन्य परीक्षण गरे । उच्च रक्तचापका कारण उनलाई स्ट्रोक आएको र उनको रोग ठीक हुन सक्ने उनले बताए । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x