×

NMB BANK
NIC ASIA

लागूऔषधले पारेको जस्तो हुन्छ दिमागमा प्रेमको असर, अध्ययनको दाबी

पुस २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — कुनै पनि रोमान्टिक सम्बन्धको शुरूआत प्रेमले भरिएको हुन्छ । आफ्नो पार्टनरको सोच आउँदा मात्र पनि प्रायः मानिसको अनुहारमा प्रेमिल मुस्कान आउँछ अनि पार्टनरलाई देख्नेबित्तिकै मुटुको ढुकढुकी बढ्छ । 

तर कसैसँगको सम्बन्धमा आउने रोमान्टिक भावले दिमागको त्यही भागमा असर पार्छ जसमा कोकेन र गाँजाले बढी प्रभाव पार्छ । एक अध्ययनको प्रतिवेदनमा यो कुराको पुष्टि गरिएको छ ।

स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अध्ययनमा १५ मानिसलाई समावेश गरे । तिनमा आठ नारी र सात पुरुष थिए । अनुसन्धानकर्ताहरूले सबै १५ जनालाई उनीहरूको पार्टनरको फोटो देखाएर उनीहरूको हातमा हल्का पीडाको अनुभव गराए । 

त्यससँगै अध्ययनमा संलग्न सबै मानिसको दिमागको एमआरआई परीक्षण गरियो । अनि सबैलाई हत्केलामा भएको पीडाका बारेमा बताइयो । 

अनुसन्धानकर्ताहरूले पाएको परिणामअनुसार, पार्टनरको फोटो देखेपछि मानिसमा पेनकिलर खाएजति नै असर भएको छ । त्यसबाहेक परिणाम के पनि देखियो भने त्यसले दिमागको त्यही भागमा असर पर्छ जुन लागूऔषध लिएपछि हुन्छ । 

अनुसन्धानकर्ताहरूले के पाए भने पार्टनरको फोटो हेर्दा मानिसलाई चर्को पीडाको अनुभव १२ प्रतिशतसम्म कम भयो भने हलुका पीडाको अनुभव ४५ प्रतिशत कम भयो । 

अनुसन्धानकर्ताहरूले यसको गहिराइ बुझ्नका लागि अन्य गतिविधि पनि हेर्ने कोशिश गरे । यसका लागि अनुसन्धानकर्ताहरूले अध्ययनमा संलग्न मानिसहरूलाई सामान्य गणितीय समस्या दिएर उनीहरूको ध्यान पीडाबाट हटाएर त्यो
अनुभवलाई कम गर्ने कोशिश गरे । परिणाममा के देखियो भने ध्यान हटाउँदा मानिसलाई पीडाको कम अनुभव भयो तर त्यसको असर फरक तरिकाले भयो । 

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x