लोकसेवा आयोगले माग्यो नायव सुब्बा पदमा कर्मचारी (सूचनासहित)

पुस २५, २०७५

काठमाडौं–लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहको पदहरुमा बुधबार दरखास्त आह्वान छ । 

आयोगको विभिन्न कार्यालयबाट न्याय, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा ठूलो संख्यामा कर्मचारी माग गरिएको हो । 


ADVERTISEMENT

खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने कार्यक्रमअनुसार प्रथम पत्रको लिखित परीक्षा आगामी फागुन १८ गते हुनेछ भने द्धितीय पत्र बैशाख ७ गते हुनेछ । यस्तै तेस्रो र चतुर्थ पत्रको परीक्षा क्रमशः बैशाख ७ र ८ गते हुने सूचनामा उल्लेख छ । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ १५ भित्र अनलाइन दरखास्त दिन सक्ने आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ । यस्तै दोब्बर दस्तुत तिरेर माघ २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ । 


 

पुस २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस