×

NMB BANK
NIC ASIA

सिप्रदीले सार्वजनिक गर्‍यो टाटा एनआरजी गाडी, कति पर्छ मूल्य ?

पुस २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नयाँ गाडी सार्वजनिक गरेको छ । 

Muktinath Bank

सिप्रदीले मंगलबार टाटा एनआरजी सार्वजनिक गरेको हो । ग्राहकहरुको बढ्दो आकांक्षालाई ध्यान दिँदै टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन शुरु गरेको जनाएको छ । जसलाई नेपालको सबैभन्दा योङ्गेस्ट कम्प्याक्ट युटिलिटी भेइकल(सीयुभी)को रुपमा राखिएको छ । गाडीमा १.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलव्ध हुने कम्पनीले जनाएको छ । यो गाडी  मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट कलमा उपलव्ध हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलबारबाट बिक्री गुरु गरिएको टाटा एनआरजी काठमाडौंको शोरुममा पेट्रोल संस्करण २९.५५ लाखको शुरुवाती मूल्यमा उपलव्ध हुने कम्पनीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

गाडी सार्वजनिक कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले  केही फरक खोजीले टाटा एनआरजी निस्किएको बताए । उनले भने,‘बेजोड डिजाइन र प्रविधी रहेको यो एसयूभी प्रेरित साधनलाई हाम्रा ग्राहकहरुले धेरै मन पराउने र यसले हाम्रो बजार हिस्सा बढाउन सहयोग गर्ने गुणस्तरीय यात्रा उपाय अपलव्ध गराउने हाम्रो प्रतिबद्धताका लागि चाहना हुनेमा हामी ढुक्क छौं ।’

Vianet communication
Laxmi Bank

टाटा मोटर्सले यो कारलाई आकर्षक बनाउन टेलगेट तथा दुवै साइडमा मस्कुलर क्लाइडिङ तथा अगाडि र पछाडि बम्परमा सिल्भर रंगको स्कीड प्लेट राखिएको छ । माथि छतको रड पूरै कालो रहेको छ । साथै यसमा रुफ रेलको पनि प्रयोग गरिएको छ । १४ इन्चको फोर स्पोक ड्यूल टोन अलोय ह्वीलको प्रयोग गरिएको यस कारको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ । 

टियागो एनआरजीको क्याविनमा पूरै कालो रंगको प्रयोग गरिएको छ । साथै, कतै–कतै प्रयोग गरेको अरेन्ज कलरको लाइनिङले क्याविनलाई रिचनेस प्रदान गरेको छ । यसमा ५ इन्चको थ्रीडी न्याभिगेसन सुविधासहितको टच–स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ ।

यो हर्मनका इन्फोटेन्मेन्ट सिस्टममा आठवटा स्पीकर जडान गरिएको छ । यी स्पीकरको सहायताले म्यूजिक सिस्टमलाई भव्य बनाएको छ । स्टेरिङ माउन्टेड कन्टोल सिस्टमले म्यूजिक सिस्टम कन्ट्रोल गर्न चालकलाई सजिलो बनाएको छ । स्टोरेजका लागि अगाडि ढोकामा २ वटा पानीको बोतल राख्ने स्पेस दिइएको छ भने यसमा कुल्ड–ग्लोब बक्स दिइएको छ । यसमा पछाडि स्टोरेजका लागि २ सय ४२ लिटरको बूट स्पेस रहेको छ । 


यसमा सुरक्षा विशेषताको रुपमा ड्यूल फ्रन्ट एयरव्याग, रिभर्स पार्किङ असिस्ट, स्मार्ट रियर वाइपर, ड्राइभर सिट रिमाइन्डर, ईबीडीसहितको एबीएस र कर्नर स्ट्याबिलीटी कन्ट्रोल, आर्मोड बडी तथा क्याविन र फलोमी हेडल्याप रहेको छ ।

सार्वजनिक गर्दाको समयमा नेपाली बजारमा एनआरजीको पेट्रोल भेरियन्टमात्र उपलब्ध हुनेछ । 

यसमा रहेको ११ सय ९९ सीसीको ३ सिलिन्डर पेट्रोल इन्जिनले ६००० आरपीएममा ८५ पीएस पावर तथा ३५०० आरपीएममा ११४ एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड म्यानूअल गियर बक्स रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x