हेयर एण्ड शान्ति सलोनको नयाँ शाखा जावलाखेल र ठमेलमा

पुस २६, २०७५

काठमाडौं – २ वर्ष अघिदेखि काठमाडौंको कमलादीबाट शुरू भएको हेयर एण्ड शान्ति सलोनले दोस्रो र तेस्रो शाखा काठमाडौंको ठमेल र ललितपुरको जावलाखेलमा विस्तार गरेको छ ।

हरेक सलोनमा १ करोडभन्दा बढी लगानी रहेको हेयर स्टाइलीस एवं सञ्चालक अनुजा श्रेष्ठले बताइन् । ‘हामीले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमी सहितको सलोन स्थापना गरेका हौ । हाम्रो उद्देश्य भनेको सेवा प्रदान गर्ने मात्र नभई दक्ष र सीपमूलक व्यवसायको विकास गर्ने हाम्रो लक्ष्य तथा उद्देश्य रहिआएको छ,’ अर्का सञ्चालक दुर्गाप्रसाद सुवेदी ‘दिपेश’ले भने । 


ADVERTISEMENT

सलोनबाट १ पटक २५ जनासम्मलाई सेवा प्रदान गर्न सक्ने अत्याधुनिक प्रविधि सहितको उपकरण सलोनमा जडान गरिएको छ । मध्यम र उच्च वर्गीय व्यक्तिलाई फोकस गरिएको छ । हेयर कट (लेडिज र जेन्स्), हेयर कलर, फेसियल, सेभिङ, मेनी क्यूर, पेडिक्यूर, वाकसिन, नेलआर्ट र केराटिनजस्ता सेवा सलोनले उपलब्ध गराउने हेयर स्टाइलीस श्रेष्ठले बताइन् ।

नेपाली व्यवसायी शान्ति श्रेष्ठको एकल प्रयासमा भारतलाई आधार बनाएर खोलिएका सलोन भारतको नयाँदिल्ली, जम्मु कास्मिर, नोयडा, गुडगाँउ लगायत १२ शहरमा केन्द्रीत रहेको छ । यसको फ्रेनचाइजको रूपमा विगत २ वर्षदेखि नेपालमा समेत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । हाल नेपाली गाहकमाझ लोकप्रिय रहेको सञ्चालक सुवेदीले बताए ।

पुस २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार