×

NMB BANK
NIC ASIA

सरकार र उखु व्यवसायीबीच सहमति, निर्धारित मूल्य तिर्न चिनी मिल सहमत

पुस २६, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

महोत्तरी – सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न चिनी उद्योगी सहमत भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बुधबार साँझ महोत्तरीको बर्दिवासमा सम्पन्न भएको किसान र उद्योग प्रतिनिधिबीच भएको छलफलपछि प्रतिक्विन्टल रु ५३६ दरले उखु खरीद गर्नका लागि उद्योगी तयार भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार चिनी उद्योगीले तत्कालै चिनी मिल सञ्चालन गर्ने, किसानसँग उखु खरीद गरेको ४५ दिनभित्रमा किसानलाई उखुको रकम भुक्तानी गर्ने र उद्योगसँग मौज्दात रहेको चिनी नेपाल सरकारलाई खरीद गर्न आग्रह गर्ने सहमति भएको हो । 


Advertisment
Nabil box
Kumari

सरकारले चालू आर्थिक वर्ष २०७५/७६ का लागि उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल रु ५३६ निर्धारण गरेको छ । आजको छलफलमा १४ वटा चिनी कारखानामध्ये १२ वटा चिनी कारखानाका सञ्चालक र किसानका प्रतिनिधिको सहभागिता रहेको थियो । 

Vianet communication
Laxmi Bank

उद्योगीले यसभन्दा अघि सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न नसक्ने अडान राखेपछि किसान अन्यौलमा परेका थिए । यता पुसको तेस्रो साता बिति सक्दासमेत चिनी कारखाना सञ्चालन नभएपछि उखु खेतमै सुक्न थालेकाले उखु किसान चिन्तित रहेका छन् । 

विद्यार्थी टिकाउनको लागि दिवा खाजाको व्यवस्था 

सामुदायिक विद्यालयमा ससाना विद्यार्थी टिकाउनको लागि गौशाला नगरपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । 

नगरपालिकाको ३२ वटै सामुदायिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिउँसोको समयमा दिवा खाजाको प्रबन्ध गरेको हो । 

विद्यालयमा दिवा खाजाको व्यवस्था भएपछि बालबालिकामा स्वास्थ्य एवं पोषणमा सुधार हुनुको साथै शिक्षामा लक्षित समूहको सुधार र नियमित रुपमा विद्यालय आउने बानी बस्ने नगरप्रमुख शिवनाथ महतोले बताए ।

सरकारी अनुदान वापत आउने प्रतिविद्यार्थी रु १५ का दरले वार्षिक रुपमा १८० दिन विद्यालयमा दिवा खाजाको व्यवस्था मिलाइएको छ । दिवा खाजाको व्यवस्था यही पुस २६ गतेदेखि गर्न लागेको नगरपालिका स्रोतले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x