×

NMB BANK
NIC ASIA

प्रत्येक स्थानीय तहमा खेलग्राम बनाइने

पुस २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा एक/एक वटा खेलग्राम पूर्वाधार निर्माण गर्ने भएको छ । 

Muktinath Bank

युवा तथा खेलकूद मन्त्रालयले पूर्वधार निर्माणसम्बन्धी कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा पेश गरेको थियो । मन्त्रिपरिषद्को यही पुस १३ गतेको बैठकले उक्त कार्यविधि पारित गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालबालिका, युवा वयस्क तथा प्रौढको शारीरिक, मानसिक विकास तथा व्यवस्थापनका लागि खेलकूद अपरिहार्य रहेको हुन्छ । स्थानीय तह देखिनै योजनाबद्ध रुपमा खेलाडीको उत्पादन, विकास तथा व्यवस्थापनका लागि खेलकूद पूर्वाधारको निर्माण गर्न आवश्यक देखिएकाले प्रत्येक स्थानीय तहमा दीर्घकालीन महत्वका एक/एक वटा खेलकूद पूर्वाधार निर्माण गर्न सरकारले ‘स्थानीय तहमा खेलकूद पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि २०७५’ बनाएको हो । कार्यविधि पारित भएसँगै प्रत्येक स्थानीय तहमा अब पूर्वाधार निर्माणको काम शुरु हुने मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयले खेलाडीको उत्पादन, विकास तथा व्यवस्थापनका लागि तयार पारेको कार्यविधिलाई मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको हो । स्थानीय तहलाई खेलग्रामको रुपमा विकास गर्न आवश्यक खेल विधा अनुसारका मैदानको पूर्वाधार निर्माण गरिने उनले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

कार्यविधिमा पूर्वाधारस्थलको छनोट गर्दा सम्भव भएसम्म सबै वडालाई पायक पर्ने र यातायात सुविधा भएको स्थानलाई प्राथमिकता दिनुपर्नेछ । वातावरणीय रुपले अनुकूल र प्राकृतिक विपद् जोखिममुक्त स्थानलाई प्राथमिकता दिनुपर्ने, खेलाडी, प्रशिक्षक तथा खेलकूद सम्बद्ध जनशक्तिको लागि आकसिमकरुपमा हुने दुर्घटना र स्वास्थ्य समस्याको उपचार लगायत सुविधालाई ध्यान दिनुपर्ने उल्लेख छ । 

शैक्षिक संस्थाले हाल उपयोग गरिरहेको खेलकूद पूर्वाधारलाई कायमै राखी स्थानीय खेलकूद पूर्वाधारको विकास नगरी सबैलाई उपयुक्त हुने छुट्टै स्थलमा पूर्वाधार निर्माण गर्नुपर्ने तथा सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्य र सङ्घीय संसद्का सांसदको परामर्शमा स्थानीय तहले खेलकूद पूर्वाधारका लागि स्थल छनोट गर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । 

पूर्वाधारअन्तर्गत फुटबल, क्रिकेट, भलिबल मैदान, कबर्ड हल, ट्रयाक एण्ड फिल्ड, पौडी पोखरी, विचरण पार्कलगायत निर्माण गर्नुपर्नेछ । 

पूर्वाधार निर्माणका लागि उपत्यका, पहाड र हिमाली क्षेत्रमा कम्तीमा २५ रोपनी र तराई क्षेत्रमा कम्तीमा दुई बिघा जग्गा भएको हुनुपर्ने व्यवस्था कार्यविधिमा समेटिएको छ । पूर्वाधार स्थलको निर्माणका लागि सरकारले सशर्त अनुदान उपलब्ध गराउने र तोकिएको रकम सङ्घबाट ७० र बाँकी ३० प्रतिशत सम्बन्धित स्थानीय तहले व्यहोर्ने कार्यविधिमा उल्लेख छ । स्थानीय तहले खेलकूद पूर्वाधारस्थलको निर्माणका लागि सरकारबाट तोकिएको रकम दुई वर्षभित्र प्राप्त गर्न सक्ने र अनुदान रकम जग्गा खरीद गर्ने प्रयोजनाका लागि खर्च पर्न पाइने छैन । 

कार्यविधिअनुसार निर्माण हुने संरचनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरुपका भौतिक संरचना निर्माण गराउन र देशभरका संरचनाको सकभर एकरुपता कायम गराउन मन्त्रालयले स्थानीय तहलाई नमूना ढाँचा उपलब्ध गराउनेछ । 

स्थानीय तहले कार्यविधि बमोजिम प्राप्त खेलकूद पूर्वाधार निर्माण अनुदान रकमको लेखापरीक्षण गराउनुपर्ने र उक्त प्रतिवेदन मन्त्रालय र प्रदेश परिषद्मा पठाउनुपर्ने व्यवस्था छ । अनुदान रकम प्राप्त गर्न सम्बन्धित स्थानीय तहले जिल्ला समन्वय समितिको कार्यालयमार्फत मन्त्रालयमा आवेदन फारमका साथै स्थान किटान गरी सम्बन्धित परियोजनाको ढाँचा सहितको अनुमानित रकम पेश गर्नुपर्नेछ ।

खेलकूद पूर्वाधार निर्माण कार्यको अनुगमन मन्त्रालय, परिषद्, प्रादेशिक निकाय, समितिको कार्यालय र स्थानीय तहबाट हुनेछ । कुमार चौलागाईं / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x