×

NMB BANK
NIC ASIA

यस्ता पनि चिकित्सक : आमाको पेटबाट जबर्जस्ती तान्दा दुई टुक्रा भयो शिशु

पुस २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतको राजस्थानस्थित जैसलमेरमा चिकित्सकहरूको लापरवाहीको अत्यन्तै खराब समाचार आएको छ । 

जैसलमेरको रामगढमा एक सरकारी अस्पतालमा चिकित्सकहरूले महिलाको डेलिभरीका बेलामा शिशुको गोडा जोडले तान्दा शिशुको शरीर दुई टुक्रा भयो र टाउको कोखभित्रै अड्कियो । 

अचम्मको कुरा त, चिकित्सकहरूले महिलाको परिवारलाई यसको जानकारी नै दिएनन् र महिलालाई अर्को अस्पतालमा रिफर गरे । जोधपुरको अस्पतालमा महिलाको अपरेसन गर्दा बच्चाको टाउको मात्र बाहिर निस्कियो । 

सबैजना यो देखेर छक्क परे अनि यसको खोजखबर गर्दा सत्य सार्वजनिक भयो । रामगढका चिकित्सकहरूले बदमासी गरेको स्पष्ट भयो । 

पीडित महिलाको नाम दीक्षा कँवर बताइएको छ । उनलाई लेबर पेन भएपछि रामगढ अस्पताल भर्ना गरिएको थियो । 

यस विषयमा रामगढ अस्पतालमा बुझ्दा चिकित्सा प्रभारीले बच्चा पहिलेदेखि नै मृत अवस्थामा रहेको जवाफ दिए । 

महिलालाई अस्पताल ल्याइँदा शिशुको गोडा बाहिर निस्किएको अनि अस्पतालमा सुविधाहरू नभएकाले पहिला जैसलमेर अनि पछि जोधपुर रिफर गरिएको बताए । 

जैसेलमेर अस्पतालका चिकित्सकले मिडियासँग कुरा गर्दा रामगढका चिकित्सकहरूले डेलिभरी भइसकेको र गर्भनाल मात्र भित्र रहेको बताएका थिए । तर अपरेसनका बेलामा केही कुरा नबुझेपछि जोधपुर रिफर गरिदिए । 

प्रहरीले उजुरी दर्ता गरेर सोधपुछ गरेपछि रामगढका चिकित्सकहरूले बच्चाको जिउ बुझाए । अनि शिर र जिउको फरक फरक पोस्टमार्टम गरियो । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x