×

NMB BANK
NIC ASIA

तराईमा माघीको चहलपहल : नबुझी बिदा दिएको भन्दै थारु समुदाय आक्रोशित

पुस २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वमा न्यायोचित ढंगले बिदा नदिएको भन्दै कैलाली कञ्चनपुरका थारु समुदायले असन्तुष्टि पोखेका छन् ।

Muktinath Bank

माघीको विशेषता अनुसार ५ नम्बर प्रदेश सरकारले २ दिन सार्वजनिक बिदाको घोषणा गरेपनि सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते मात्रै बिदा गरेको भन्दै असुन्तुष्टि जनाएका छन् । बिहीवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १ गते बिदा दिने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थारु अगुवाले आफूहरूको माघी पर्वबारे प्रदेश सरकार गम्भीर नभएको भन्दै आक्रोश समेत पोखेका छन् । थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले सुदूरपश्चिम प्रदेश सरकारको रबैयाले आफूहरूको संस्कृति जोखिममा परेको बताए । आफूहरू पटक–पटक ध्यानाकर्षण गराएपनि कुनै सुनुवाइ नभएको संयोजक चौधरीले गुनासो छ ।


Advertisment
Nabil box
Kumari

संयोजक चौधरीले भने, ‘थारु समुदायमा माघीलाई नयाँ वर्षको रुपमा मनाइन्छ । पुस अन्तिम दिनदेखि शुरू हुने माघी माघ ३ गतेसम्म मनाइन्छ । तर हामीले माघ १ र २ गते बिदाको माग गरेका हौ । बिदा नदिएकै कारण हामीले पर्व मनाउनबाट वञ्चित हुनेछौ । हाम्रो सांस्कृतिक अधिकारमाथि राज्यबाटै प्रहार भयो ।’

Vianet communication
Laxmi Bank

माघी नजिकिएसँगै तराईका जिल्लामा माघीको रौनक शुरू भएको छ । विशेषगरी नयाँ वर्षको रुपमा माघी पर्वलाई धुमधामसँग मनाउँदै आएको थारु समुदायमा चहलपहल बढेको हो ।

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लास्थित थारु वस्तीमा माघी तयारीको चटारो देखिन थालेको छ । वनबाट पात टिपेर ल्याउने, ढिक्री बनाउनका लागि चामलको कुटानी पिसानी गर्ने, आचार र दुना टपरी बनाउने, नाचको तयारी गर्नेजस्ता कार्य हुन थालेका छन् ।

गाउँमा माघी कसरी मनाउने भनेर पनि गाउँको भलमन्साका घरमा भेला भएर छलफल गर्ने, बंगुरको मासुको व्यवस्था मिलाउने लगायतका कार्य भइरहेका छन् ।

कामका लागि अन्यत्र गएकाहरू पनि माघी मनाउनका लागि गाउँघर फिर्न थालेका छन् । बस्तीमा माघीको चहलपहल बढ्दै गएको थारु अगुवाले जनाएका छन् । धुमधामका साथ माघी पर्व मनाउनका लागि अहिले तयारीको चटारो चलेको छ ।

माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व हो । यो समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघी पर्वसँगै नयाँ कामको शुरूवात हुने, चराले बोली परिवर्तन गर्ने, रुखमा नयाँ पालुवा पलाउने भएकाले थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मान्ने गरेको धनगढी उपमहानगरपालिका–५ तारानगरका स्थानीय दलबहादुर दहितले बताए ।

‘हाम्रो पुर्खाले माघीलाई त्यसै नयाँ वर्षको रुपमा मनाउन शुरूवात गरेका हैनन्,’ उनले भने, ‘वास्तवमा माघी पर्व हाम्रो नयाँ कामको थालनीसँग जोडिएको छ । माघी पर्वबाटै हामीले राम्रो र नयाँ कामको शुरूवात गर्छौ ।’

माघी पर्वका बेला वर्षभर के गर्ने भनेर योजना बनाउने गरिएको छ । थारु बुद्धिजीवीका अनुसार घरपरिवार र समाजलाई कसरी अगाडि बढाउने भनेर गम्भीर रुपमा छलफल गर्ने र वर्षभरको लागि योजना तय गर्ने गरिएकाले पनि यसलाई नयाँ वर्षको रुपमा लिइएको हो ।

जुनसुकै वर्गका थारु परिवार भएपनि माघीलाई नयाँ वर्ष र स्वतन्त्रताको पर्वको रुपमा धुमधामका साथ मनाउने गरेका छन् । माघीको अवसरमा ठाउँठाउँमा माघी मेला र महोत्सव गर्ने तयारी पनि भइरहेको छ । 

पुस महिनाको अन्तिम दिनदेखि माघ २ गतेसम्म थारु समुदायले माघी पर्व मनाउने गरेका छन् । यो पर्वमा मिठो मिष्ठान खाने, मान्यजनबाट आशिर्वाद लिने, मघौटा नाच नाचेर रमाउने गरिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x