ज्ञानेन्द्र शाहको नजरमा देशको अवस्था : मातृभूमिको अस्तित्वमा घात–प्रतिघातको कालो बादल !

पुस २६, २०७५

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको अस्तित्वमा घात–प्रतिघातको कालो बादल मडारिएको बताएका छन् ।

पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीको पूर्वसन्ध्यामा बिहीवार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले दिव्य उपदेशको मर्म अनुसारको व्यवहार नहुँदा मातृत्वको अस्तित्वबारे चिन्ता व्यक्त गरे ।


ADVERTISEMENT

उनले देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने बताए । ‘एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीरवीरङ्गना एवम् सपुतहरूको उत्सर्ग हामी कहिल्यै भूल्न सक्दैनौं र हुँदैन । भुलेर, अलमलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदैछ, यसले बडामहाराजाधिराजका दिव्य उपदेशको औचित्य स्मरण गराइरहेको छ,’ शाहद्वारा जारी सन्देशमा लेखिएको छ ।

यस्तो छ सन्देशको पूर्णपाठ :

पुस २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार