×

NMB BANK
NIC ASIA

यस्तो देश जहाँ अपराधीहरूलाई पूजा गरिन्छ

पुस २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अपराधीबाट सामान्यतया सबैजना टाढिन चाहन्छन् । उनीहरूलाई आफ्नो घरमा आउन दिनै चाहँदैनन् ।

तर यस्तो देश पनि छ जहाँ अपराधीहरूको पूजा गरिन्छ । त्यो देश हो दक्षिण अमेरिकी देश भेनेजुएला । 

कच्चा तेलको ठूलो निर्यातक मुलुकमध्येको एक भेनेजुएलाको प्रसिद्धि संसारमा अमेरिकाको दुश्मनका रूपमा रहेको छ । त्यसैले गर्दा देशले निकै उतारचढाव देखेको छ । 

ह्युगो चाभेजको नेतृत्वमा त्यहाँ साम्यवादी शासन स्थापित भएको थियो । चाभेजको मृत्युपछि उनका उत्तराधिकारी निकोलस मदुरोको शासनमा अराजकता फैलिएको छ । त्यहाँ अपराधको बोलबाला छ । 

यस्तो अवस्थामा मानिसहरूले अपराधीलाई देवताका रूपमा पुजिनु अचम्म लाग्छ । यहाँ पुराना र मरिसकेका अपराधीको मूर्ति बनाएर पूजा गरिन्छ । उनीहरूलाई प्रसाद चढाइन्छ । 

स्पेनी भाषामा अपराधी देवताहरूलाई स्यान्टोस मेलोन्ड्रोस भनिन्छ । पुरानो जमानाका यी बदनाम अपराधीको ससानो मूर्ति बनाएर एक ठाउँमा राखिएको छ । तिनलाई हेर्न टाढाटाढाबाट मानिस आउँछन् । 

यस्तो एक मेलोन्ड्रोको नाम लुई सान्चेज हो । सान्चेज आफ्नो जमानामा शक्तिशाली अपराधी थिए । अहिले उनको मूर्तिको पूजा हुन्छ । 

आखिर भेनेजुएलाका मानिस अपराधीहरूलाई देवता मानेर किन पुज्छन् ?

खासमा अपराधीहरूको छवि जनतामा रबिनहूडको छ । उनीहरू धनीबाट लुटेर गरीबलाई सम्पत्ति बाँड्थे । 

स्थानीयहरूका अनुसार, मेलेन्ड्रो केही राम्रो काम गरेपछि पुरस्कारको आशा गर्छन् । उनीहरूलाई भेट चढाइएन भने रिसाउँछन् पनि । 

अपराधी देवताहरूलाई रक्सी चढाइन्छ । 

कुनै मानिस कुनै समस्याबाट चिन्नित छ भने भेट चढाउँछ । अनि काम बन्ने आशा गर्छ । 

तर वास्तविकता के हो भने मूर्तिले कुनै सहायता गर्दैन । तर मानिसहरू यसरी भेट चढाउँदा मेलोन्ड्रोहरू एकदमै खुशी हुने र वरदान दिने र आफ्नो काम बन्ने मान्यता राख्छन् । 

अपराधीहरूलाई धेरै रक्सी चढाउन नहुने सल्लाह दिइन्छ । धेर रक्सी पाएपछि उनीहरू काम गर्न छोडेर रमाइलो मात्र गर्नै मान्यता छ । उनीहरूलाई चाख्नका लागि बीयर दिनुपर्ने अनि मानिसको काम बन्ने विश्वास छ । 

खासमा अपराधी देवताको यो पूजा विश्वासको कुरा हो । मानिसहरूलाई तिनको कथामा विश्वास छ । त्यसैले उनीहरू भेट चढाउँछन् । सेन्टोस मेलेन्ड्रोजले उनीहरूको सहायता गर्ने मानिसलाई आशा छ । 

भेनेजुएलाको राजधानी काराकासमा यसबेला अराजकता छाएका कारण अपराधी देवताको माग बढेको छ । हरेक व्यक्तिलाई सुरक्षा चाहिन्छ त्यसैले उनीहरू मूर्तिसमक्ष पुग्छन् । 

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x