×

NMB BANK
NIC ASIA

सुमार्गीलाई रकम जम्मा गर्न सर्वोच्चको आदेश, सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउनुपर्ने

पुस २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– सर्वोच्च अदालतले अयजराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानीबाट निकालेको रकम नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा जम्मा गर्न आदेश जारी गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा र न्यायाधीश डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले मङ्गलबार जारी गरी आज सार्वजनिक गरेको लिखित आदेशमा सुमार्गीलाई वैदेशिक लगानीबाट आएर निकालेको रकम पुनः सो खातामा जम्मा गर्न आदेश जारी गरेको हो । 

आदेशमा भनिएको छ, “कानूनबमोजिम रकम नेपाल भित्र्याइएकोे हो वा होइन भन्ने प्रश्न अनुत्तरित्त अवस्थामा हुँदा कानूनबमोजिम जे जस्तो कारवाही र प्रक्रिया अपनाउनुपर्ने हो अपनाइ सो रकम इन्भेष्टमेन्ट बैंकमा राख्नु, राख्न लगाउनु ।” 

नेपाल राष्ट्र बैंकको लिखित जवाफमा रकम पठाउने अजयराज सुमार्गी र प्राप्त गर्ने उहाँकै स्वामित्वको मुक्तिश्री कम्पनी रहेकाले विदेशी ऋण भन्नसक्ने अवस्था नभई शङ्कास्पद देखिएको आदेशमा उल्लेख छ । 

आदेशमा भनिएको छ, “रकम पठाउने व्यक्तिको नाम अजयराज सुमार्गी पराजुली भन्ने देखिएको तथा रकम प्राप्त गर्नेको नाम मुक्तिश्री सिमेन्ट उद्योग प्रालि भन्ने देखिएको हुँदा एकै व्यक्तिले निजसँग सम्बन्धित कम्पनीले प्राप्त गर्ने गरी विदेशबाट ऋण लगानी भनिएको रकम पठाएको हुँदा उक्त कारोवार शङ्कास्पद देखिएको छ ।” 

यस मुद्दामा सम्पत्ति शुद्धीकरण (मनी लउन्डरिङ) निवारण ऐनअन्तर्गतको कारवाही चलाउनुपर्ने देखिएकोसमेत आदेशमा उल्लेख छ । न्यायाधीश दीपकराज जोशीको इजलासले यही पुस १० गते सो सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम नरोक्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । संयुक्त इजलासको आदेशले सुमार्गीले निकालेको रकम पुनः खातामै राख्न आदेश दिएको छ । 

सर्वोच्च अदालतको यही पुस २४ गतेको सुनुवाइपछि पहिलो सुनुवाइमा दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको थियो । 

जोशीको इजलासले सो उद्योगको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी नरोक्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सुर्खेतमा रहेको सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर सुमार्गीको खातामा जम्मा भएको थियो ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x