कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रारमा यमबहादुर कार्की पुनः पदबहाली भएका छन् ।
सर्वोच्चको आदेश अनुसार पूर्वरजिस्ट्रार डा. महेन्द्र मल्ललाई अदालतले पुस २४ गते विश्वविद्यालयको ऐन अनुसार हुने भनि आदेश दिएपश्चात् कार्कीले शुक्रवार दोस्रो पटक निमित्त रजिस्ट्रारमा पुनः पदबहाली गरेका हुन ।
पदभार ग्रहणसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले राजनीतिक आस्था वा अन्य कुनै पनि आधारमा कसैलाई पनि पक्षपात नगर्ने प्रतिवद्धता जनाएका छन् ।
विगतमा विश्वविद्यालय बारम्बार तनावग्रस्त बनिरहेको बताउँदै सबैसँगको सहकार्यमा सबैको सहयोग लिएर तनावरहित विश्वविद्यालय बनाउने उनले बताए । ‘म राम्रो र गुणस्तरीय विश्वविद्यालय बनाउन चाहन्छु,’ उनले भने, ‘त्यसका लागि सबै पक्षसँग सहकार्य गर्ने र विश्वविद्यालयलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने थलोको रुपमा विकास गर्नेछु ।’
निमित्त रजिस्ट्रार कार्कीले विश्वविद्यालयको स्वार्थका लागि काम गर्ने बताए । ‘म व्यक्तिगत स्वार्थमा रुमल्लिने व्यक्ति होइन, न कि राजनीतिक स्वार्थमा रुमलिन्छु,’ उनले भने, ‘म कसैको कुनै स्वार्थमा परेर काम गर्ने छैन । विश्वविद्यालयको ऐन नियमअनुसार काम गर्नेछु ।’
उनले विश्वविद्यालयलाई थप गुणस्तरीय बनाउन स्थानीय राजनीतिक दल, शिक्षक, वुद्धिजीवी, विद्यार्थी सबैसँग सहकार्य गर्ने बताए । उनले आफूले हिजोभन्दा थप निष्पक्षता अवलम्बन गर्ने प्रतिवद्धता जनाए ।
आंगिक क्याम्पसका समस्या सुल्झाइने
उनले १० वटा क्याम्सलाई आंगिक क्याम्सको रुपमा छनौट गरिएको बताउँदै केही दिनमा ती क्याम्पसको समस्या समाधान गरिने बताए ।
‘आंगिक क्याम्पसमा अध्यापन गर्ने साथीहरूलाई पीडा भएको छ,’ उनले भने, ‘प्राविधिक समस्याका कारण उहाँहरू भदौदेखि अन्योलमा हुनुहुन्छ ।’ तर पनि उनीहरूका माग चाँडै समाधान गर्ने पहल भइरहेको उनको भनाई छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...