कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
काठमाडौं – सिंहदरबारबाहिर रहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जनताको सहज पहुँचमा रहेको मन्त्रालयको रूपमा चिनिन्थ्यो । जनताको सहज पहुँचमा रहेको स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मीको धर्नास्थल बन्न थालेपछि अहिले कडा सुरक्षा घेरामा छ ।
संघीयता अनुसार ल्याइएको नयाँ संगठन संरचनाको विरोध गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरू मन्त्रालयभित्रै धर्ना जुलुस र नाराबाजी गर्न थालेपछि स्वास्थ्य मन्त्रालयले मंगलवारदेखि सुरक्षा व्यवस्थामा कडाइ गरेको हो ।
स्वास्थ्यमर्कीहरूको आन्दोलन चर्किन थालेपछि मन्त्रालयमा २५ भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसअघि सहज रूपमा स्वास्थ्य मन्त्रालयमा आवजजावत गर्ने व्यवस्था रहेपनि अहिले मन्त्रालयको गेटमा सुरक्षाकर्मीले परिचय पत्र हेरेर मात्र प्रवेश दिने गरेका छन् ।
मन्त्रालयमा धर्ना, जुलुस र होहल्ला बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।
उनले भने, ‘मन्त्रालय धर्ना जुलुस गर्ने ठाउँ त होइन नि ! जो पनि मन्त्रालयभित्र जाने, धर्ना र जुलुस गर्ने क्रम बढेपछि सुरक्षा व्यवस्था कडा परिएको हो ।’
कर्मचारी समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले सोमवारदेखि नै बिहान १० देखि ११ बजेसम्म स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सेवा बहिष्कार गरी आन्दोलन गरिरहेको छ ।
कर्मचारी समायोजनमा स्वास्थ्यका कर्मचारीलाई विभेद गरिएको भन्दै गोदानसँगै आयुर्वेदका विभिन्न संगठनहरू, नेपाल चिकित्सक संघ, स्वास्थ्य क्षेत्रका ८ वटा ट्रेड युनियनहरू, हेल्थ असिस्टेन्ट संघ, विभिन्न रोग विशेषका प्राविधिक जनशक्तिका रूपमा रहेका सुपरभाइजर, अनमी लगायतका स्वास्थ्यकर्मी आन्दोलित छन् ।
स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदै स्वास्थ्य मन्त्रालय घेराउ गर्न थालेपछि स्वास्थ्य संस्थाको सेवा प्रवाहमा असर पर्न थालेको छ ।
वार्ता कमिटी गठनको तयारी
आन्दोलनरत स्वास्थ्यकर्मीसँग वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार वार्ता कमिटी गठन गर्ने भएको छ ।
संघीयता अनुसार कर्मचारी समयोजन प्रक्रियामा स्वास्थ्यकर्मीको दरबन्दीको विषयलाई लिएर चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित बनेपछि स्वास्थ्य मन्त्रालयले वार्ता कमिटी बनाउन लागेको हो ।
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले सरकारी वार्ता टोली गठन गरी समस्या समाधानको पहल गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
‘स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा देशभर सेवा प्रवाहमा असर परेको छ, त्यसैले आइतवार सरकारी वार्ता कमिटी बनाइँदै छ,’ प्रवक्ता श्रेष्ठले लोकान्तरसँग भने, ‘मन्त्रीज्यू प्रदेशतिर हुनुहुन्छ, उहाँ फर्कनुभएपछि वार्ता कमिटी बन्छ र छलफल हुन्छ ।’
वार्ताको माध्यमबाट समाधान निस्किने उनको विश्वास छ ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...