हिमालयन बैंकले ल्यायो मास्टरकार्ड डेविट कार्ड सञ्चालनमा

पुस २७, २०७५

काठमाडौं– हिमालयन बैंक लिमिटेडले मास्टरकार्ड डेविट कार्ड सञ्चालनमा ल्याएको छ ।

बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टर कार्ड सँगको सहकार्यमा  अत्याधुनिक र सुरक्षित ‘चिप र पिन’ सहितको प्रविधियुक्त डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

बैंकले शुक्रबार एक कार्यक्रमकाबीच यो सेवाको औपचारिक शुरुवात गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टर कार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुष सिंहले मास्टर कार्ड डेविट कार्डको औपचारिक सुरुवात गरे ।

ग्राहकहरुले मास्टर कार्डबाट कारोबार गरी सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा होटल, रेष्टुरेन्ट लगायतमा २० प्रतिशतसम्म छुट पाइने बैंकले जानकारी दिएको छ । 

नयाँ खाता खोल्ने ग्राहकलाई डेविट कार्ड सेवा निशुल्क उपलब्ध गराइने बैंक्ले जानकारी दिएको छ ।

बैंकका कार्यकारी प्रमुख राणाले मास्टर कार्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

त्यस्तै मास्टर कार्डका दक्षिण एसियाका प्रमुख पोरुष सिंहले हिमालयन बैंकसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।

पुस २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस