साझाको सहकारी पुरस्कार कृषि केन्द्रीय संघलाई

पुस २७, २०७५

काठमाडौं– साझा सेवा सहकारीले हरेक वर्ष प्रदान गर्दै आएको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार नेपाल कृषि सहकारी केन्द्रीय संघलाई प्रदान गरिएको छ ।

शुक्रवार ललितपुरमा भएको संस्थाको ३४ औं साधारण सभाका अवसरमा उक्त पुरस्कार कृषिको केन्द्रीय संघलाई प्रदान गरिएको हो ।


ADVERTISEMENT

नेपालको ग्रामीण क्षेत्रमा सहकारी संस्थाको निर्माण र सदस्यहरुको आर्थिक, सामाजिक एंव सचेतनाको अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै २० वटा केन्द्रीय संघमध्ये नेपाल कृषि सहकारी केन्द्रीय संघलाई उत्कृष्ट सहकारीका रुपमा नगद ५० हजार सहति सम्मान पत्रले पुरस्कृत साझा सहकारीले जानकारी दिएको छ ।


कार्यक्रममा राष्ट्रीय सहकारी महासंघका अध्यक्ष केशव बडालले गाउँका साना किसानहरुलाई एकीकृत बनाएर मुलधारमा ल्याउन सहयोग गरेको प्रति सम्मान स्वरुप कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारका लागि सिफारिस गरिएको बताए । 

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा सना किसान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले नेपालकै पुरानो सहकारीले प्रदान गर्ने पुरस्कार प्राप्त गर्न देशभरका साना किसानहरुको साथ सहयोग र विश्वसले नै सहयोग पुगेको बताए ।

पुस २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस