चेपाङ विद्यार्थीको खाजा कटौती

पुस २८, २०७५

चितवन– सिमान्तकृत बालबालिकालाई विद्यालय आउँदा सरकारले दिने खाजा कटौती भएपछि माडी नगरपालिकाभित्र पर्ने बाँदरझुलाका आधारभूत विद्यालयमा विद्यार्थी संख्या घटेको छ । बाँदरझुला सुकुम्बासी बस्ती हो, जसलाई चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमित क्षेत्र भन्दै आएको छ । 

मकवानपुर र चितवनका पहाडी क्षेत्रका चेपाङहरू पनि बसोबासका लागि यहाँ पुगेका छन्। चेपाङजस्ता सिमान्तकृत आदिवासी समुदायका बालबालिकाका लागि विद्यालयमा दिउँसोको खाजा कार्यक्रम सञ्चालन हुँदै आएको थियो। साउनयता खाजाका लागि रकम आएको छैन ।, कान्तिपुरमा खबर छ।
 


ADVERTISEMENT

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार