अध्यागमनमा आँखाको रेटिनामार्फत निगरानी

पुस २८, २०७५

काठमाडौं–कमजोर प्रविधि र सेटिङका कारण बदनाम हुँदै आएको नेपालको अध्यागमन विभागलाई प्रविधिमार्फत अत्याधुनिक बनाउने प्रक्रिया सुरु भएको छ । 
अध्यागमन सुधारका लागि विगतदेखि पहल हुँदै आए पनि सरकारले बजेट छुट्याउने गरेको थिएन । जसले गर्दा विदेशी सहयोग भए पनि विभागमा सुधारको काम रोकिएको थियो । विभागले आधुनिकीकरणकै लागि दुईजना थप इन्जिनियर राखेर प्रक्रिया अघि बढाइसकेको जनाएको छ । 

नेपालको अध्यागमनको कमजोर प्रविधिकै फाइदा उठाउँदै मध्यपूर्वी देशका नागरिकले नेपाललाई ट्रान्जिट बनाई नक्कली पासपोर्ट युरोप जाने गरेको फेला परेको थियो । यही कारण नेपालको अध्यागमन बदनाम हुँदै आएको छ । नयाँ प्रविधिको जडानपछि यस्तो प्रवृत्ति रोकिने अध्यागमन अधिकारीहरूको विश्वास छ । आजको नयाँ पत्रिका दैनिकले ‘अध्यागमनमा आँखाको  रेटिनामार्फत निगरानी’ शीर्षकमा समाचार छापेको छ ।  


ADVERTISEMENT

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस