समाजसेवी उज्ज्वल तामाङले गरे विद्यालयलाई २ रोपनी जग्गा दान

पुस २८, २०७५

काठमाडौं – काभ्रे जिल्लाको तिमाल गाउँपालिका–१ स्थित जनचेतना माध्यमिक विद्यालयको लागि स्थानीय समाजसेवी ज्ञानध्वज तामाङ ‘उज्ज्वल’ले २ रोपनी जग्गा विद्यालयलाई दान गरेको छ ।

बदलिँदो समयसँगै आधुनिक शिक्षा र प्राविधिक शिक्षाको माग भइरहेको बेला गाउँघरका विद्यार्थीको लागि भवन निर्माण र खेल मैदानको लागि ठाउँको अभाव भइरहेको बेला तामाङले २ रोपनी जग्गा विद्यालयलाई दान गरेपछि स्थानीय निकै खुशी भएका छन् ।


ADVERTISEMENT

आईतबार सदरमुकाम धुलिखेलमा जग्गा विद्यालयको नाममा नामसारी गर्दै आफू जन्मेहुर्केको र कखरा सिकेको विद्यालयलाई सहयोग गर्न पाउँदा उनले गर्व महसुस गरे । समाजसेवी कार्यलाई निरन्तरता दिने समेत समाजसेवी तामाङले बताए ।

विद्यालयको तर्फबाट सहप्रधानाध्यापक कपिलमनी डाँगी र व्यवस्थापन समितिका अध्यक्ष च्याङबा लामाले जग्गादान सराहनीय रहेको भन्दै तामाङलाई धन्यवाद व्यक्त गरेका छन् ।

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस