पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी अस्वस्थ, अस्पताल भर्ना

पुस २८, २०७५

काठमाडौँ-  पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना हुनुभएको छ । 

छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भँैसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उहाँका स्वकीय सचिव महेन्द्र विष्टले जानकारी दिनुभयो । 


ADVERTISEMENT

चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको उहाँले बताउनुभयो । पूर्व अर्थमन्त्रीसमेत रहनुभएका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ । 

८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइ रहेको छ । 

उहाँको उपचारमा डा राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ । 

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस