×

NMB BANK
NIC ASIA

युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या

पुस २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नारायणपुर- लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जान्नुभएको थिएन । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको छ । 

१७ वर्षको उमेरमा पहिलो सन्तानको आमा बन्नुभएकी उहाँले जम्माजम्मी चार सन्तान हुर्काउनुभयो । सन्तान सँगसँगै रोग पनि हुर्किएको उहाँले थाहा पाउनुभएन । बेलीले भन्नुभयो, “अहिले छोराछोरी हुर्किए, छोराछोरीसँगै शरीरमा रोग पनि हुर्किदै गएको रैछ ।” 

घोराही उपमहानगरपालिका–४ को कार्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा आउनुभएकी बेलीलाई धेरै वर्षदेखि पाठेघरको समस्या थियो । श्रीमान् गुमेपछि आफैँले जन्मदिने छोराछोरीलाई त्यस्तो कुरा कसरी भन्नु ? त्यही लाजका कारण पाठेघरको समस्या झन विकराल हुँदै गएपछि जाँच गर्न आएको बताउनुभयो । “एक पटक स्वास्थ्यचौकीमा गएँ, घोराहीको ठूलो सरकारी अस्पतालमा जानु भन्यो, गएँ” बेलीले सुनाउनुभयो, “पाठेघर खस्ने गथ्र्यो, लाज लाग्यो, सेतोपानी मात्र बग्छ भनेर रोग लुकाएँ ।” 

सिस्नेखोलाकी सुनिता रोका पाठेघरको समस्या बोकेर शिविरमा आउनुभयो । १६ वर्षको उमेरमा विवाह गरेकी सुनिता अहिले २६ वर्षको उमेरमा दुई सन्तानको आमा भइसक्नुभएको छ । “महीनावारी समयमा हुन्न, सेतोपानी बग्ने, गनाउने पानी बग्ने भएर आएको ।” सुनिताले भन्नुभयो, “डाक्टरले पाठेघरमा समस्या देखिएको छ, भन्नुभएको छ ।” पाठेघरको सङ्क्रमण भएपछि औषधि लिएर सुनिता घर फर्किनुभएको छ । 

विवाह गरेर सन्तानको आमा भइसकेका युवतीदेखि उमेरले वृद्धावस्थामा पुगेका महिला पाठेघरको समस्याबाट पीडित रहेको डा पुष्पा डाँगीले बताउनुभयो । २८७ बिरामीको स्वास्थ्य जाँच गरिएको शिविरमा १०३ महिलाको पाठेघरमा समस्या देखिएको नेपाल परिवार नियोजन सङ्घका प्रबन्धक वसन्त खनालले जानकारी दिनुभयो । 

“नेपाल परिवार नियोजन सङ्घले विभिन्न निकायसँगको समन्वयमा स्वास्थ्य शिविरको आयोजना गर्छ । शिविरमा धेरैजसो महिला पाठेघरको समस्या लिएर आउनु हुन्छ ।” प्रबन्धक खनालले भन्नुभयो, “पाठेघरको समस्या नभएको त महिला नै छैन भने पनि हुन्छ गाउँमा ।” समस्या हुनु ठुलो कुरा नभए पनि समस्या लुकाएर बस्नु सबैभन्दा खतरनाक विषय भएको खनालले बताउनुभयो । “सानो समस्या हुँदा लाज मान्ने र विकराल बनेपछि उपचार नै सम्भव नहुने समस्या छ ।” 

सानै उमेरमा विवाह गर्ने, सानै उमेरमा सन्तान उत्पादन प्रक्रियामा भाग लिने, जन्मान्तर नहुने र धेरै बच्चा जन्माउने महिलामा पाठेघरको समस्या देखिने डा डाँगीले बताउनुभयो । शिविरमा आँखाका ९० बिरामी, दाँतका ४५, यौनरोगसम्बन्धी २२ र स्तनका दुई जना बिरामीको स्वास्थ्य जाँच गरिएको परिवार नियोजन सङ्घले बताएको छ । 

वडावासीको स्वास्थ्य अवस्था बुझ्न र निःशुल्क स्वास्थ्य जाँचका लागि शिविरको आयोजना गरिएको वडाध्यक्ष भीमबहादुर सार्कीले बताउनुभयो ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x