×

NMB BANK
NIC ASIA

गणेश थापाविरुद्ध पुनः छानबिन शुरू, ५८ करोडको भ्रष्टाचार मुद्दा किनारा लाग्ला ?

पुस २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाविरुद्धको भ्रष्टाचार मुद्दामा पुनः छानबिन थालेको छ । 

Sagarmatha Cement
Muktinath Bank

लोकमान सिंह कार्की ‘प्रमुख आयुक्त’ रहेका बेला तामेलीमा राखिएको गणेश थापाको मुद्दामाथि नवीनकुमार घिमिरे प्रमुख आयुक्त नियुक्त भएपछि पुनः छानबिन थालिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो थियो थापामाथिको मुद्दा


Advertisment
Nabil box
Kumari

१५ वर्षसम्म नेपाली राष्ट्रिय फुटबल टीमको सदस्य रहेका थापा २ दशकसम्म अखिल नेपाल फुटबल संघ(एन्फा)को नेतृत्वमा रहे । तर, विश्व फुटबल महासंघ (फिफा)ले सन् २०१५ नोभेम्बर १५ (३० कात्तिक २०७२) मा थापामाथि १० वर्षको प्रतिवन्ध लगायो । फिफाले उनीसँग ११ हजार ८ सय ७० अमेरिकी डलर जरिवाना पनि तिरायो । 

Vianet communication
Laxmi Bank
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाका भाइसमेत रहेका गणेश थापा दाइ कमल थापाकै विशेष जोडवलमा सांसद बनेका थिए

सन् २००९ र २०११ को फिफा कार्यकारिणी सभाको लागि भएको निर्वाचनमा थापाले व्यक्तिगत र पारिवारिक लाभका लागि घुस लिएको फिफाले आरोप लगाएको थियो । 

थापाविरुद्ध ५८ करोड भ्रष्टाचारको मुद्दा 

फिफाले निलम्बन गर्नु अगाडि संसदको सार्वजनिक लेखा समितिले थापामाथि अनुसन्धान गरेको थियो । २ दशकसम्म सार्वजनिक पद धारण गरेका थापा २०७० को संविधानसभा निर्वाचनपछि संसदमा समेत मनोनित भएका थिए । 

नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोराइला नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले थापालाई सांसदमा मनोनित गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाका भाइसमेत रहेका गणेश थापा दाइ कमल थापाकै विशेष जोडवलमा सांसद बनेका थिए । पछि संसदको सार्वजनिक लेखा समितिले एन्फाको नेतृत्वमा रहँदा थापाले ५८ करोड रुपैयाँ बराबरको अनियमितता गरेको भन्दै सांसद पदबाट निलम्बन गरिनुपर्ने निर्णय गरेको थियो । 

लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खेलकुद मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभागलाई थापामाथि अनुसन्धान गरी हदैसम्मको कारबाही गर्न दिर्नेशन दिएको थियो । 

लेखा समितिको नजरमा थापाले गरेको ‘भ्रष्टाचार’  

अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको आर्थिक अनियमितताबारे छानबिन गरेको लेखा समितिले अनियमितताको ‘प्रमुख दोषी’ गणेश थापालाई किटान गरेको थियो । 

थापाले नेतृत्व सम्हालेको बेला एन्फामा चरम आर्थिक अनियमितता भएको लेखा समितिले छानबिन प्रतिवेदनमा उल्लेख गरको थियो । 

लेखा समितिले गरेको छानबिनअनुसार गणेश थापाका छोरा गौरवले २ किस्तामा गरी १ लाख अमेरिकी डलर (त्यतिबेलाको सटही दरअनुसार ९७ लाख १५ हजार रुपैयाँ लिएका थिए । 

यस्तै थापा स्वयंले नै एसियाली फुटबल महासंघ (एएफसी)का तत्कालीन अध्यक्षको केम्को कन्स्ट्रक्सन नामक कम्पनीबाट १ लाख १५ लाख अमेरिकी डलर (त्यतिबेलाको सटही दरअनुसार १ करोड ११ लाख ७२ हजार २ सय ५० रुपैयाँ) लिएका थिए । 

थापाले एन्फामा रहँदा ५८ करोड १७ लाख १२ हजार ७ सय ५० रुपैयाँ हिनामिना गरेको लेखा समितिले निष्कर्श निकालेको थियो

थापाले गोल प्रोजेक्टका लागि सन् २००१ देखि २०१२ सम्म ४ किस्तामा लिएको १८ लाख अमेरिकी डलर (१७ करोड ४८ लाख ७० हजार रुपैयाँ) हिनामिना गरेको पनि लेखा समितिको छानबिनबाट फेला परेको थियो । 

यस्तै धरान, ललितपुर र बुटवलको एन्फा कम्प्लेक्सबाट उठेकोमध्ये २० प्रतिशत रकम ४ करोड ३७ लाख १७ करोड ५ सय रुपैयाँ हिनामिना गरेको पनि संसदीय समितिको छानबिनबाट पत्ता लागेको थियो । 

एडीआई २७ कार्यक्रमअन्तर्गत फिफाले रेफ्री, प्रशिक्षक र कर्मचारीका लागि दिएको १२ करोड २४ लाख ९ हजार रुपैयाँ पनि थापाले हिनामिना गरेको संसदीय छानबिन समितिले फेला पारेको थियो । रेफ्री, प्रशिक्षक र कर्मचारीका लागि आएको रकममध्ये थोरै मात्रै उनीहरुलाई दिएर बाँकी रकम हिनामिना भएको लेखा समितिको निष्कर्श थियो । 

सन् २०१३ मा सम्पन्न साफ च्याम्पियनसिपको टिकट बिक्रीमा पनि थापाले अनियमितता गरेको लेखा समितिको छानबिनबाट फेला परेको थियो । साफ च्याम्पियनसिपको बेला ३ करोड रुपैयाँको गेट टिकट बिक्री भएपनि ९० लाखको मात्रै टिकट बिक्री गरेको देखाएर बाँकी २ करोड १० लाख रुपैयाँ हिनामिना गरिएको छानबिनबाट पत्ता लागेको थियो । 

यस्तै एन्फाका साथी संस्थाबाट प्रापत भएको १ करोड ४५ लाख ७२ हजार ५ सय रुपैयाँ पनि थापाले हिनामिना गरेको लेखा समितिले ठहर गरेको थियो । थापाले एन्फामा रहँदा ५८ करोड १७ लाख १२ हजार ७ सय ५० रुपैयाँ हिनामिना गरेको लेखा समितिले निष्कर्श निकालेको थियो । 

घिमिरेको विशेष चाहनामा पुनः छानबिन

लेखा समितिले १२ असोज २०७२ मा लेखा समिति र सम्पत्ति शुद्धीकरण विभागलाई पत्र लेख्दै थापामाथि छानबिन गर्न निर्देशन दिएको थियो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकामानसिंह कार्कीले थापामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन दिएनन् । 

पछि फिफाले थापालाई १० वर्ष प्रतिवन्ध लगाएर भ्रष्टाचार गरेको भन्दै जरिवाना समेत तिराएपछि अख्तियारले उनीमाथि अनुसन्धान अगाडि बढाएको थियो । तर, बीचमै कुनै पनि तथ्य फेला नपरेको भन्दै अनुसन्धान स्थगित गरेर मुद्दा तामेलीमा राखिएको थियो । 

अख्तियारबाट लोकमानको बहिर्गमनपछि दीप बस्न्यातले पनि थापाविरुद्धको मुद्दा अगाडि बढाएनन् । बस्न्यात प्रमुख आयुक्त रहेकै बेलामा थापाविरुद्ध अख्तियारमा अर्को मुद्दा पनि परेको थियो । तर, बस्न्यात नेतृत्वको तत्कालीन आयोगको वैठकको निर्णयानुसार थापाविरुद्धको मुद्दा तामेलीमा राखियो । 

गत असोज ४ गते प्रमुख आयुक्त नियुक्त भएका नवीनकुमार घिमिरेको विशेष चाहनामा थापाको मुद्दामाथि पुनः छानबिन शुरु भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

अख्तियार स्रोतका अनुसार गणेश थापाविरुद्धको मुद्दामा ३ जनासँग बयान समेत लिइसकिएको छ । थापाले नेतृत्व गर्दा एन्फामा रहेका कर्मचारी र थापाका केही आफन्तको बयान लिइएको स्रोतले लोकान्तरलाई जानकारी दियो ।  

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x