×

NMB BANK
NIC ASIA

ब्रेक्जिट असफल बनाउनु जनतामाथिको चरम विश्वासघात भएको प्रधानमन्त्री मेको भनाइ

पुस २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — ब्रेक्जिटलाई असफल बनाउनु भनेको लोकतन्त्रमाथिको विश्वासघात हुने बेलायती प्रधानमन्त्री टेरिजा मेले चेतावनी दिएकी छन् । 

सन्डे एक्सप्रेसमा लेख्दै मेले सांसदहरूलाई उनको ब्रेक्जिट सम्झौतालाई समर्थन गर्न अनुरोध गरिन् । मंगलवार हाउस अफ कमन्समा उक्त सम्झौतामाथिको महत्त्वपूर्ण मतदान हुन लागेको छ । 

सम्झौतालाई असफल बनाउँदा बेलायतले युरोपेली संघसँग कुनै सम्झौता नगरी छोड्ने वा ब्रेक्जिट नै नहुने उनले बताइन् । 

प्रधानमन्त्री कार्यालयलाई मंगलवारको मतदानमा पराजय भोग्नुपरेमा सांसदहरूले ब्रेक्जिटमाथि नियन्त्रण जमाउने डर लागेको छ । 

प्रधानमन्त्रीले युरोपेली संघसँग गरेको बहिर्गमन सहमतिमाथि हुने मतदानमा पराजय बेहोर्ने अपेक्षा गरिएको छ । यसले गर्दा ब्रेक्जिट पक्षाघातमा पर्ने केही मन्त्रीहरूले बताएका छन् । 

मेले भनिन्, ‘तपाईंले जनमत संग्रहमा मत दिन आउँदा आफ्नो आवाज सुनियोस् भनेरै आउनुभएको थियो । तपाईंहरूमध्ये केहीले दशकौंपछि पहिलोपटक राजनीतिक प्रक्रियामा विश्वास गर्नुभएको थियो । हामीले तपाईंहरूलाई निराश
पार्ने छैनौं । निराश पार्नु भनेको प्रलयकै स्थिति हो र हाम्रो लोकतन्त्रमाथिको अक्षम्य विश्वासघात हो । त्यसैले यो सप्ताहान्तमा मैले संसदलाई दिने सन्देश सरल छ ः यो खेललाई बिर्सिने बेला हो र हाम्रो देशका लागि जे राम्रो हुन्छ त्यो गर्ने
बेला हो ।’

बेलायत सन् २०१९ को मार्च २९ मा स्वतः युरोपेली संघ छोड्नेछ चाहे यो सम्झौतालाई सांसदहरूले पारित गरून्, चाहे नगरून् ।

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x