×

NMB BANK
NIC ASIA

रुसका लागि काम गरेको आरोप लागेपछि बम्किए ट्रम्प

पुस २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — डोनल्ड ट्रम्पले रुसका लागि गोप्य रूपमा काम गरिरहेको दाबी सार्वजनिक भएपछि त्यसलाई दृढतापूर्वक अस्वीकार गरेका छन् । अनि सीमामा पर्खाल ठड्याउनका लागि लगानी गर्ने विषयमा राष्ट्रिय संकटकालको घोषणा गर्ने धम्की पनि उनले दिएका छन् । 

फक्स न्युजसँगको २० मिनेट लामो लाइभ फोन इन अन्तर्वार्तामा शनिवार राति ट्रम्पले द न्युयोर्क टाइम्समा छापिएको खबर अपमानजनक रहेको बताए । उनले रुसको एजेन्टका रूपमा काम गरिरहेको र त्यसमा एफबीआईले
अनुसन्धान थालेको भनी पत्रिकामा दाबी गरिएको थियो । 

एफबीआईका निर्देशक जेम्स कोभेलाई सन् २०१७ को मे महिनामा ट्रम्पले निकालेपछि यो अनुसन्धान शुरू भएको समाचारमा लेखिएको थियो । ट्रम्पले यो अहिलेसम्म लेखिएकोमध्येकै सबभन्दा अपमानजनक लेख भएको बताए । 

‘तपाईंले लेख पढ्नुभयो भने उनीहरूले केही पनि नपाएको भेट्नुहुन्छ,’ उनले अन्तर्वार्तामा क्रममा भने । 

‘त्यो समाचार ठूलो अपमान हो र द न्युयोर्क टाइम्स पत्रिकाका नाममा कलंक हो । उसले साह्रै नराम्रो कुरा छाप्यो,’ उनले भने ।

अज्ञात स्रोतलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले अनुसन्धान प्रतिजासूसीको एक अंगका रूपमा रहेको र यसले ट्रम्प मस्कोका लागि जानी नजानी काम गरिरहेको र उनले राष्ट्रिय सुरक्षामा खतरा ल्याएको सुनिश्चित गर्न चाहेको छापेको
थियो । अनि ट्रम्पले कोमेलाई बर्खास्त गर्नु न्यायमा अवरोध भए नभएको निश्चत गर्ने पनि अनुसन्धानको उद्देश्य छ । 

एफबीआईको प्रयासलाई पछि सन् २०१६ को निर्वाचनमा रुसको हस्तक्षेपसम्बन्धी विशेष अनुसन्धानकर्ता रोबर्ट मुलरले गरिरहेको अनुसन्धानसँगै मिसिएको छ र त्यसक्रममा ट्रम्पको निर्वाचन अभियान र मस्कोबीचको साठगाँठका
विषयमा द न्युयोर्क टाइम्सले लेख्यो । तर प्रतिजासूसी पक्षको अनुसन्धान चलेको नचलेको प्रस्ट नभएको पत्रिकाले छाप्यो । 

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रपतिले कोमे झूटो मानिस भएको र रुसी अनुसन्धान नै खतरनाक हावादारी भएको बताए ।

द गार्डियनबाट


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x