मंसिर २९, २०७५
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
काठमाडौं — अमेरिकाको हवाई राज्यकी डेमोक्रेटिक सांसद तुलसी गाब्बार्डले सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा लड्ने भएकी छन् ।
‘मैले चुनाव लड्ने निर्णय लिएकी छु र एक हप्ताभित्र यस विषयमा औपचारिक घोषणा गर्नेछु,’ उनले सीएनएनसँगको अन्तर्वार्तामा शनिवार बताइन् ।
३७ वर्षीया गाब्बार्डले इराक युद्धमा लडेकी छन् । उनी अमेरिकी कंग्रेसमा निर्वाचित हुने पहिलो हिन्दू र पहिलो सामोअन अमेरिकन हुन् । उनको चुनावी अभियानको प्रमुख विषय युद्ध र शान्तिमा केन्द्रित रहने उनले बताइन् ।
गाब्बार्ड डेमोक्रेटिक पार्टीभित्रका केही उदारवादीहरूमाझ लोकप्रिय छिन् तर उनले प्राइमरीमै धेरैजना उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
म्यासाचुसेट्सबाट सिनेटर रहेकी एलिजाबेथ वारेनले डिसेम्बर ३१ मा आफूले राष्ट्रपतीय निर्वाचनका लागि खोजी समिति गठन गरेको घोषणा गरेकी थिइन् । डेमोक्रेटिक प्राइमरीमा सिनेटरहरू कमला ह्यारिस, कोरी ब्रूकर र कर्स्टन
गिल्लीब्रान्ड अनि पूर्व उपराष्ट्रपति जो बाइडेन र पूर्वमन्त्री जुलियन क्यास्ट्रो समेत उठ्ने तर्खर गरिरहेका छन् ।
ट्रम्पविरुद्धको उम्मेदवार छान्ने क्रममा डेमोक्रेटहरूले पार्टीको संस्थापन पक्ष र उदारवादी खेमाबीचको तनावको सामना गर्नुपर्नेछ । त्यो तनाव सन् २०१६ मा हिलारी क्लिन्टन र बर्नी स्यान्डर्सबीचको प्राइमरी प्रतिस्पर्धामा समेत देखिएको
थियो ।
गाब्बार्डका पिता सामोआ र युरोपेली पुर्खाका सन्तान हुन् र उनी आफ्नो क्याथोलिक चर्चमा सक्रिय रूपमा प्रवचन दिइरहेका हुन्छन् । तर उनी मन्त्र ध्यान विशेषगरी कीर्तन गर्न पनि खुबै रुचाउँछन् ।
उनकी आमा युरोपेली पुर्खाकी सन्तान हुन् र हिन्दू धर्मको अभ्या गर्छिन् । तुलसीले किशोरावस्थामै हिन्दू धर्म अपनाएकी हुन् ।
द गार्डियनबाट
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...