पुस ८, २०८०
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
धनगढी – कानूनी उल्झनका बीच कैलाली उद्योग वाणिज्य संघले आइतबार नयाँ नेतृत्व पाएको छ ।
नक्कली सदस्यताको कानूनी उल्झनमा फसेको संघले आफ्नो ४६औं वार्षिक साधारण सभामार्फत् १८ सदस्यीय नयाँ नेतृत्व पाएको हो । संघको नक्कली सदस्यता छानबिनका लागि भन्दै केही व्यवसायीले उच्च अदालतमा रिट दायर गरेपछि वैशाखमै हुने साधारण सभा आइतबार सम्पन्न भई नयाँ नेतृत्व पाएको छ । रिटको सुनुवाई गर्दै अदालतले वैशाख २० गते अन्तरिम आदेश जारी गरेको थियो ।
यसैबीच साधारण सभाबाट पुष्पराज कुँवरको प्यानलका अधिकांश उम्मेदवार विजय भएका छन् । अध्यक्ष कुँवर १ हजार मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी रुपेश स्वाँरले ९३१ मत र डिल्लीराज अवस्थीले १७७ मतमै चित्ता बुझाउनुपर्यो ।
उपाध्यक्ष उद्योगतर्फ पुस्करराज ओझाले १ हजार ८० मत, उपाध्यक्ष वाणिज्यतर्फ गगनराज केसीले ९६० मत र उपाध्यक्ष वस्तुगततर्फ शिवराज कुँवरले ९५२ मत ल्याएर वियजी भएका छन् ।
महासचिवमा ओमबहादुर विष्टले १ हजार ८७ मत ल्याएर विजयी भएका छन् भने कोषाध्यक्षमा भीमराज ओझा (बब्बु) ले ९६६ मत ल्याएर विजयी भएका छन् ।
ओझा स्वाँर प्यानलबाट विजयी भएको संघले जनाएको छ भने सचिवमा सिद्धराज पनेरुले १ हजार ३६ मत ल्याएर विजयी भएका छन् ।
कुँवर प्यानलका अधिकांश निर्वाचित
मतदानमा ७ जना सदस्य पुष्पराज कुँवर प्यानलबाट विजयी भएका छन् भने ४ जना सदस्य रुपेश स्वाँर प्यानलबाट विजयी भएका छन् ।
विजयी सदस्यमध्ये केशवराज जोशीले ९३५ मत, लक्ष्मणराज पन्तले ९३१ मत, राधिका कुमारी चौधरीले ८८९ मत, मनोज अग्रवालले ८८३ मत, तिलक चन्द्र खतिवडाले ८४२ मत, सुरेन्द्रकुमार वोहोराले ८०८ मत र महेन्द्रकुमार सिंहले ७९९ मत प्राप्त गरेका छन् ।
स्वाँर प्यानलबाट विजयी सदस्यमध्ये तिलकबहादुर बोहोराले ९२१ मत, रवि कुँवरले ८८५ मत, श्यामराज जोशीले ८६८ मत र रुपेश खड्काले ८५० मत प्राप्त गरेको संघका कार्यालय प्रमुख ज्योति भट्टले जानकारी दिए ।
उनका अनुसार २ हजार ७०४ सदस्य संख्या रहेकोमा सम्पन्न निर्वाचनमा २ हजार २६१ मत खसेको थियो ।
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...