×

NMB BANK
NIC ASIA

खुट्टा गुमाएका ५१ जनाले पाए चौधरी फाण्डेसनबाट कृत्रिम खुट्टा

पुस २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– चौधरी फाउण्डेसनले खुट्टा गुमाएर अपाङ्गता भएका ५१ जनालाई कृत्रिम खुट्टा वितरण गरेको छ । 

Muktinath Bank

भारतको जयपुर फुट्स नामक संस्थाको सहकार्यमा फाउण्डेसनले विभिन्न कारणले खुट्टा गुमाएर शारीरिक रुपमा अपाङ्गता बनेका ५१ जनालाई नर्भिक अस्पतालमा एक कार्यक्रम आयोजना गरी कृत्रिम खुट्टा गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृत्रिम खुट्टा वितरण गर्दै चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले  काठमाडौं र नवलपुरमा गरी कम्तिमा ५ सय जनालाई कृत्रिम खुट्टा निशुल्क वितरण गर्ने योजना अनुरुप आज(आइतबार) कार्यक्रमको सुभारम्भ गरिएको जनाकारी दिए । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

विभिन्न कारणले हातखुट्टा गुमाएर असजिलो जीवन विताउन बाध्य भएकाहरुलाई कृत्रिम खुट्टाको आवश्यक हुने र त्यसबाट उनीहरु बञ्चित हुन नहुने चौधरीले बताए । 

चौधरी फाउण्डेसनले खुट्टा गुमाएर अपाङ्गता भएका व्यक्तिहरुलाई दिगो रुपमा सहयोग गर्ने योजना रहेको उनले बताए ।

‘नेपालमा हाल  १ लाख व्यक्ति यस्तो समस्यामा रहनुभएको देखिन्छ, खुट्टाको अभाव हुनु भनेको हिँड डुल गर्न नसक्नै मात्रै होइन, मानिसको सारा जीवन नै निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको हुन्छ,’ चौधरीले भने, ‘हाल सरकारी र गैर सरकारी क्षेत्रबाट समेत यो समस्या समाधानमा प्रभावकारी काम भइरहेको देखिँदैन । हामी यस कार्यक्रमलाई दिगो रुपमा संचालन गर्ने सोच बनाएका छौं ।’

उनले नवलपुरको सहज अस्पतालसँग सहकार्य गरी कृत्रिम खुट्टा निर्माण तथा वितरण गर्ने योजना रहेको बताए ।

कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपाल र भारतबीच धेरै सम्झौताहरु भए पनि स्वास्थ्य क्षेत्र भने छुटेको बताए । 

उनले भारत र नेपालको स्वास्थ्य क्षेत्रबीच सम्झौता हुन लागेको भन्दै नेपालको यस्ता कार्यमा भारतले सहयोग गर्ने अपेक्षा गरे । 

मन्त्री यादवले  हिन्दी भाषामा बोल्दै भने, ‘नेपाल र भारतबीच धेरै सम्झौता हुँदै आएका छन् । तर, स्वास्थ्य क्षेत्र छुटेको छ,’ यादवले भने, ‘तर, छिटै नै सम्झौताको लागि एमओयूको तयारी हुँदै छ । मन्त्रिपरिषदले यसलाई स्वीकृत पनि गरिसकेको छ । भारत सरकारले पनि सम्झौता गर्ने भनेर बाटो खोलिदिएको छ ।’

मन्त्री यादवले भारत सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा दिर्घकालीन रुपमा सहयोग गर्नुपर्ने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x