×

NMB BANK
NIC ASIA

नाकाबन्दी लगाइएपनि कतारको अर्थतन्त्र मजबूत

पुस ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — सन् २०१७ मा कतारका चार छिमेकी देशहरूले उसमाथि आर्थिक र कूटनीतिक प्रतिबन्ध लगाएका थिए । एक विशेषज्ञले बताएअनुसार, कतारले यसबीचमा दुई ठूला समस्याको सामना गर्नुपरेको थियो । 

Sagarmatha Cement
Muktinath Bank

लन्डनको रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका फेलो माइकल स्टिफन्स भन्छन्, ‘कतारका मानिसले दुई ठूला समस्यासँग लड्नुपरेको थियो । पहिलो, उनीहरूले बिन लादेन जस्ता उग्रवादीलाई सहायता गर्दैनन् भनेर संसारलाई सम्झाउनुपर्ने थियो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दोस्रो, त्यहाँको अर्थव्यवस्था बलियो छ र लगानीका लागि कतार उपयुक्त स्थान हो भनी बुझाउनुपर्ने थियो । प्रत्यक्ष विदेशी लगानीका लागि सजिलो र थप राम्रो स्थिति कतारले बनाएको पनि साबित गर्नुपर्ने थियो ।’


Advertisment
Nabil box
Kumari

साउदी अरब, बहराइन, इजिप्ट र संयुक्त अरब अमिरातले ग्यासको खानी भएको समृद्ध कतारमाथि उग्रवादीहरूलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै अनेकथरी प्रतिबन्ध लगाएका थिए । कतारले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ । 

Vianet communication
Laxmi Bank

सबै चार देशले कतारसँग १३ माग राखेका थिए जसमा इरानलाई आर्थिक सहयोग बन्द गर्नुपर्ने र अल–जजीरा च्यानललाई बन्द गर्नुपर्ने माग पनि थियो । 

कतारले यी सबै माग पूरा गर्न अस्वीकार गरेको थियो र विगत १९ महिनादेखि नाकाबन्दीको स्थिति छ । 

कतारले उग्रवादलाई समर्थन गर्ने विषयको चर्चाले अहिले हेडलाइन बन्दैन । साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्याको मुद्दामा यो खबर कतै दबियो र कतार अहिले पनि आफ्नो अर्थव्यवस्था लगानीका लागि खुला रहेको भन्दैछ । 

नाकाबन्दीअघि कतारको कुल आयात ६० प्रतिशत भाग तिनै चार देशबाट हुन्थ्यो । 

आयात हुने वस्तुमा सबभन्दा बढी खाद्यसामग्री थिए । त्यसैले कतारले टर्की र इरानमार्फत वैकल्पिक आपूर्ति मार्ग सुरक्षित गर्नका लागि तीव्रताका साथ काम गर्नुपरेको छ । 

कतारले जनताको पेट भर्नका लागि घरेलु उत्पादनमा तीव्रताले वृद्धि गर्नुपरेको थियो । दूधको आपूर्तिका लागि देशबाहिरबाट हजारौं गाई मगाउनुपरेको थियो । 

नाम प्रकाशित नगर्ने शर्तमा कतारका एक पूर्व आर्थिक सल्लाहकारले भने, ‘विपरीत परिस्थितिको सामना राम्रो तरिकाले गनै कतार सफल छ ।’

कतार इन्भेस्टमेन्ट फन्ड अल रयानका वरिष्ठ निर्देशक अकबर खान सरकारले यो असाधारण संकटबाट बच्नका लागि आशा गरेभन्दा बढी राम्रो काम गरेको बताए । 

कतारले आफूकहाँ व्यापार र लगानी सहज रहेको बताउने गरेको छ । तर अनेकौं जानकार चाहिँ यसमा सहमति जनाउँदैनन् । उनीहरू ठूलो मात्रामा विदेशी लगानीका लागि मूलभूत संरचनामा अहिले पनि कमी रहेको बताउँछन् । 

अनि संसारको तेस्रो सबभन्दा ठूलो ग्यास भण्डारले कतारलाई मुश्किल परिस्थितिमा उसको सहायता गरेको छ । 

कतारले संसारको सबभन्दा बढी लिक्विफाइड न्याचुरल ग्यास निर्यात गर्छ । सन् २०१७ मा उसले ८१ मिलियन टन ग्यास निर्यात गरेको थियो जुन संसारको कुल उपयोगको २८ प्रतिशत हो । 

कतारसँग हाइड्रोकार्बनको विशाल भण्डार छ जसले नाकाबन्दी स्थितिमा उसलाई आर्थिक रूपमा बलियो बनाएको छ । 

सन् २०१७ मा देशको आर्थिक विकास १.६ प्रतिशतले बढ्यो । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार, कतारको अर्थव्यवस्था सन् २०१८ मा २.४ अनि सन् २०१९ मा ३.१ प्रतिशतले बढ्नेछ । 

लन्डन क्यापिटल स्कूलमा खाडी देशहरूको अर्थव्यवस्थामा नजर राख्ने जेसन टुवेले अन्य खाडी मुलुकको तुलनामा कतारले अर्थव्यवस्थामा विविधता ल्याउन नसकेको बताए । 

त्यहाँको जनसंख्या जम्मा तीन लाख छ र सरकारले सजिलै सबैलाई सरकारी जागिरमा राख्न सक्छ । 

स्टिफन्सले कतारले नचाहेसम्म अर्थव्यवस्थामा विविधता ल्याउने आवश्यकता नरहेको बताए । 

‘आखिर कतारका मानिस सजिलै बाँच्न सक्छन् । उनीहरूले अलिक बढी ग्यास निर्यात गर्नुपर्छ । ग्यासबाट कमाएको पैसाले सबै समस्यालाई पर राख्छ ।’

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x