×

NMB BANK
NIC ASIA

मिलेमतोमा नेताका नातेदारलाई जागिर, सर्वसाधारणलाई ‘आकाशको फल’

पुस ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – एभरेस्ट क्लब दैलेखले आठबीस नगरपालिकाका विभिन्न ठाउँमा स्थनीय जनप्रतिनिधिसँगको मिलेमतोमा कर्मचारी भर्ना गरेको पाइएको छ ।

Muktinath Bank

क्लबले छनौट गरेका अधिकांश पदमा नेताका नातेदारले जागिर पाएका छन् भने सर्वसाधारणलाई जागिरको प्रतिस्पर्धा ‘आकाशको फल’ भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्लबले नगरपालिकाका सिहासैन, पिपलकोट, राकम कर्णाली, सिंगौडी, सात्ताला र छेपाडीका लागि कर्मचारी माग गरेपनि सबैलाई मिलेमतोमा जागिर खुवाइएको खुलेको छ । जागिर खानेहरू आठबीस नगरपालिकाका स्थानीय जनप्रतिनिधि तथा पार्टी नेताका छोरी–बुहारी रहेका छन् ।


Advertisment
Nabil box
Kumari

क्लबले युवाका लागि स्वास्थ्य रुपान्तरण कार्यक्रमको लागि ६ जना अनमी आवश्यक परेको भन्दै भदौमा दैलेख जिल्लामा आवेदन माग गरेको थियो । विज्ञापनपश्चात् आठबीसका ६ वटा कोटाका लागि १३ जना अनमीले फारम भरेका थिए ।

Vianet communication
Laxmi Bank

क्लबले भदौ २४ गते लिएको लिखित परीक्षा र २५ गते लिएको मौखिक परीक्षा २ दिनमा प्रकाशित गर्ने भनिएपनि असोजमा प्रकाशित गरिएको परीक्षामा सहभागी मन्जु बुढाले बताइन् । उनका अनुसार क्लबले परीक्षामा सहभागी भएकालाई असोज १३ गते दैले बोलाएर कार्यक्रममा सहभागी गराएको थियो ।

कर्मचारी छनौट परीक्षाको नतिजा हेर्दा नगर प्रमुखकी बहिनी, वडाध्यक्षका छोरी–बुहारीको नाम छनौट गरिएको छ । आठबीस नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर सिजापतीले छोरी धिर्जा सिजापतीलाई जागिर खुवाउन सफल भएका छन् ।

वडा नम्बर ३ का वडाध्यक्ष प्रयाग शाहीले निलम चन्द शाहीलाई जागिर खुवाउँदा वडा नम्बर ६ का वडाध्यक्ष धीरबहादुर शाहीले नातिनी निर्मला शाहीलाई जागिर खुवाएका छन् ।

नगर प्रमुख खड्गराज उपाध्यायले सात्तालाका लागि बहिनी कमला उपाध्यायलाई जागिर खुवाएका छन् । राकम कर्णालीका लागि चाहिएको कोटामा उपप्रमुख दिपा बोहोराले भाइबुहारी मन्जु बुढाको नाम निकालिन् । 

नेताका वरिपरि रहेकालाई जागिर खुवाएको कुरा अहिले आठबीसभर भुसको आगोझै फैलिएको थियो । नेपाली कांग्रेस पिपलकोटका सभापति नैनसिंह शाहीले उनकी पत्नी रोशनी शाहीलाई गाउँमा नेताले आफन्तलाई जागिर खुवाएको भनेर कुरा काट्न थालेपछि राजीनामा दिन लगाएका थिए ।

उनको राजीनामा पछि वैकल्पिकमा पारिएकी सीमा शाहीले काम गर्ने मौका पाएकी थिइन् । ‘१ अक्टोबरबाट अरुको नियुक्ति छ,’ सीमाले भनिन्, ‘रोशनीले राजीनामा गरेका कारण मलाई संस्थाले वैकल्पिक उम्मेदवार भएको बताउँदै १ नोभेम्बरबाट नियुक्ति दिएको हो ।’

नगरपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष धनबहादुर सिजापतीले छोरीले प्रतिस्पर्धाबाटै नाम निकालेको दाबी गरेका छन् । उनले आफूले कतै कसैलाई भनसुन पनि नगरेको बताए ।

आठबीस नगरपालिकाका १ जना वडाध्यक्षले मिलेमतोभन्दा पनि पारदर्शी रुपमा कर्मचारी छनौट गर्न नगरको बैठकमा नै भनेको बताए । ‘मैले आफ्ना छोरीबुहारीभन्दा पनि गरीब जनताका छोराछोरीलाई ध्यान दिउँ भन्ने प्रस्ताव राखेको थिएँ,’ नाम उल्लेख नगर्ने शर्तमा ती वडा अध्यक्षले भने, ‘तर सबै आफन्तहरूकै नामावली सार्वजनिक गराइँदा मन खिन्न भएको छ ।’ उनले जनप्रतिनिधिले नै आफन्तलाई जागिर खुवाएको खण्डमा राम्रो सन्देश नजाने सुझाव दिएपनि कसैले कार्यान्वयन नगरेको गुनासो गरे ।

एभरेस्ट क्लब दैलेखका अध्यक्ष दिपक शाहीले आफूहरूले स्थानीयलाई प्राथमिकता दिएको कारण कसैका आफन्त परेको हुनसक्ने दाबी गरे । ‘हामीलाई को कसका के पर्छन्, थाहा थिएन,’ उनले भने, ‘हामीले परीक्षा प्रक्रिया सबै पूरा गरेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x