×

NMB BANK
NIC ASIA

रामचन्द्रको पत्रकार सम्मेलन– गिरिजा र सुशीलको नामका अस्पताल विघटन गर्न खोजिएको भन्दै आपत्ति

पुस ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गर्न लागिएको अस्पताल सरकारले विघटन गर्न लागेको भन्दै आपत्ति जनाएको छ । यसलाई उसले कांग्रेसको अस्तित्व माथिको हमलाको रूपमा व्याख्या गरेको छ ।

Muktinath Bank

सोमवार संसदीय दलको कार्यालय सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्रालयले कोइरालाद्वयको नाममा खोल्न लागिएका अस्पताल विघटनमा लैजान लागेको जानकारी आफूले पाएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा श्वास प्रश्वास र सुशीलको नाममा बाँकेको खजुरामा क्यान्सर अस्पताल निर्माणको चरणमा छ । 


Advertisment
Nabil box
Kumari

यस विषयमा आफूहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न खोजेपनि समय नपाएको गुनासो पौडेलले गरे । ‘सहयोगीले भोलिलाई भेट्न मिलाउँला भन्नुभएको छ, यदि सरकारले ती अस्पताल विघटन ग¥यो भने सडक र सदन अबरुद्ध गर्छौं,’ पौडेलले भने । 

Vianet communication
Laxmi Bank

कोइरालाको नाममा स्थापना गर्न लागिएको अस्पताल विघटन गर्ने सरकारको तयारीलाई कांग्रेसको अस्तित्व माथिको प्रहारको रूपमा लिएको पौडेलले बताए । 

‘सरकारले जुन किसिमको संकेत दिन खोज्यो, त्यसलाई नेपाली कांग्रेसले गम्भीर ढंगले लिएको छ । सरकारले यही रवैया अगाडि बढाए, प्रतिपक्षप्रति यति पूर्वाग्रह राखेमा, कठोर कदम चाल्नुपर्ने हुन्छ,’ पौडेलले पत्रकार सम्मेलनमा भने, ‘यसलाई हामीले कांग्रेसको अस्तित्व माथिको हमलाको रूपमा लिएका छौं ।’

पौडेलले डा. गोविन्द केसीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण समेत गराए । उनले माघ ४ गतेदेखि संसद्मा कांग्रेस सशक्त रूपमा प्रस्तुत हुने दाबी गरे ।

संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर संसद्मा समेत सशक्त रूपमा प्रस्तुत हुने बताए पनि पौडेल संसद्मा भने छैनन् ।

गतवर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा उनी तत्कालीन एमाले (हाल नेकपा)का कृष्णकुमार श्रेष्ठसँग पराजित भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x