×

NMB BANK
NIC ASIA

‘शान्ति र समृद्धिका लागि योग’, स्वास्थ्यका नाममा विदेशिने अर्बौँ डलर योगले रोक्न सक्छ

माघ १, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

काठमाडौं— चौथो राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘शान्ति र समृद्धिका लागि योग’ तय गरेको छ । 

Muktinath Bank

चौथो योग दिवस मनाउन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा योगका क्षेत्रमा काम गर्ने १०० भन्दा बढी संस्थाका प्रतिनिधि सदस्य रहेको मूल समारोह समिति गठन गरिएको छ । शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । माघ १ देखि ७ गतेसम्म सप्ताहव्यापी रूपमा कार्यक्रम गरी योग दिवस मनाइने जनाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माघ १ गते बिहान ७ बजे शान्तिवाटिकाबाट प्रभातफेरी गरिनेछ । प्रभातफेरीमा सहभागी हुन मन्त्रालयले मातहतका कार्यालयका सबै कर्मचारीलाई आह्वान गरेको छ । माघ ७ गते समापनका दिन कार्यपत्रको प्रस्तुतिसहित कार्यशाला गोष्ठी गरिने जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा ‘योग सबैका लागि सधैँका लागि’ आवश्यक भएकाले अन्तर्राष्ट्रिय  योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । 

Vianet communication
Laxmi Bank

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गर्नुभयो । जसलाई युरोपियन युनियनलगायत  संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको जनाइएको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको हो । 

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । दिवसका अवसरमा योगसँग सम्बन्धित विभिन्न संस्थाले विविध कार्यक्रम गरी मनाइने मन्त्रालयले जनाएको छ । यस वर्ष ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहलाई पनि विशेष कार्यक्रम गरी योग दिवस मनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरेको छ ।

व्यक्तिभित्रको सम्भावना उजागर गर्न सहयोग पु¥याउने साधनाका रूपमा योगलाई आत्मसात गर्न जागरण फैल्याउने उद्देश्यले योग दिवस मनाउन थालिएको हो । नेपाल संस्कृत विश्वविद्यालय योग विभागका प्रमुख डा पोखरेलले नेपाललाई विश्वमै योग पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने बताउनुहुन्छ । “नेपालको हिमवत्खण्ड र मानस खण्डको बीचमा योगको विकास भएको हो, नेपालमा बर्षेनी हजारौँ विदेशी योग सिक्नकै लागि नेपाल आउँछन्, काठमाडौँमा ५० वटा योग केन्द्रले विदेशीलाई मात्र योग सिकाएर बसेका छन्,” उहाँले भन्नुभयो ।

नेपाल महर्षि वैदिक फाउण्डेशनले देशभरका ७५ गुरुकुल र एक दर्जनभन्दा बढी सामुदायिक एवं संस्थागत विद्यालयमा ध्यान साधनासहितको कार्यक्रम शुरु गरेको छ । गुरुकुलमा विश्व शान्तिको सङ्कल्पले वैदिक रुद्राभिषेक र विद्यालयमा चेतनामा आधारित शिक्षा लागू गरेको जनाएको छ । थप गुरुकुल र विद्यालयमा पनि यो कायक्रम लागू गर्ने तयारी गरिएको फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो ।

पतञ्जलि योग पीठले ७७ वटै जिल्लामा शाखा खोलेर ४० हजार योग शिक्षकमार्फत योगको पुनर्जागरण शुरु गरेको जनाएको छ । नेपालीले योग गरेर निरोग भए विदेशिने अर्बौँ डलर स्वास्थ्यका नाममा जानबाट रोकिने विश्वास लिइएको छ । योग प्रशिक्षक निर्यात गर्नसके श्रमका लागि विदेशिएकाले भन्दा राम्रो र इज्जतको रोजगारी अवसर पाउने सम्भावना छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले देशका ७२ जिल्लामा राजयोग र ध्यान सिकाउने अभियान शुरु गरेको जनाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई योग ध्यान साधनास्थलका रूपमा विकास गर्ने तयारी शुरु गरेको छ । पशुपति मन्दिरको दक्षिण मूल ढोकाअघिको पञ्चदेवलमा महात्मा सुशीलले पाशुपत योग प्रशिक्षण शुरु गर्नुभएको छ । कोषको सहयोगमा शुरु भएको यो कार्यक्रम देशभर विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x