कात्तिक २८, २०८०
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं — भारतको उत्तर प्रदेशका रहेको प्रयागराजमा महाकुम्भ मेला शुरू भएको छ । गंगा, जमुना र सरस्वती तीनै नदीको संगमस्थल रहेको प्रयागराजमा नागा साधु र अन्य अखाडाका साधुसन्तले शाही स्नान गरेपछि श्रद्धालुहरूले डुबुल्की लगाए ।
मंगलवार सूर्य मकर राशिमा प्रवेश गरेपछि तीर्थराज प्रयागमा कुम्भमेला शुरू भएको छ । संसारको सबभन्दा ठूलो धार्मिक आयोजनका रूपमा रहेको कुम्भमेलामा टाढाटाढाबाट श्रद्धालुहरू आएका छन् ।
मंगलवार बिहन ५ बजेबाट शुरू भएको स्नान दिनभरि हुनेछ ।
कडा सुरक्षा व्यवस्थाबीच अलग अलग घाटहरूमा स्नान र पूजा पाठको सिलसिला जारी छ । तापक्रम १० डिग्री सेल्सियसभन्दा कम भए पनि मानिसहरू ठूलो संख्यामा डुबुल्की लगाइरहेका छन् ।
कुम्भको आयोजन कहिलेदेखि शुरू भयो भन्ने विषयमा कसैले पनि सुनिश्चित रूपमा केही भन्न सक्दैन । यसको विशेष प्राचीन शास्त्रीय सन्दर्भ पाइँदैन । एक पौराणिक सन्दर्भमा ग्रहहरूको विशेष स्थिति हुँदा मात्र कुम्भ आयोजना हुने संकेत पाइन्छ । स्कन्द पुराणमा उल्लेख छ ः
चन्द्रः प्रश्रवणाद्रक्षां, सूर्यो विस्फोटनाद्दधौ।
दैत्येभ्यश्च गुरु रक्षां, सौरिंर्देवेन्द्रजाद् भयात्।।
सूर्येन्दुगुरूसंयोगस्य, यद्राशौ यत्र वत्सरे।
सुधाकुम्भप्लवे भूमौ, कुम्भो भवति नान्यथा।।
अर्थात्, अमृत भरिएको कुम्भ अर्थात् घैंटोका लागि देवता र दैत्यबीच संघर्ष हुँदा चन्द्रमाले कुम्भबाट अमृत छचल्किन दिएनन् र कुम्भ फुट्नबाट पनि बचाए । देवगुरु बृहस्पतिले दैत्यबाट यसको रक्षा गरे अनि शनिले इन्द्रपुत्र जयन्तको हातबाट यसलाई खस्न दिएनन् । त्यसैले देवता र दैत्यको लडाईंमा जुन जुन ठाउँमा र जुन जुन दिन अमृतको कुम्भ छचल्कियो, तिनै तिनै स्थानमा तिनै तिनै तिथिमा कुम्भपर्व आयोजना गरिन्छ ।
कुम्भको आयोजन राजा हर्षवर्द्धनको राज्यकाल (६६४ ईसापूर्व) मा प्रारम्भ भएको मानिन्छ । प्रसिद्ध चिनियाँ यात्री ह्वेङसाङले भारत यात्रामा कुम्भ मेला आयोजनको चर्चा गरेका छन् ।
साथै उनले राजा हर्षवर्द्धनको दानवीरताको चर्चा पनि गरेका छन् । ह्वेङसाङका अनुसार, राजा हर्षवरद्धन हरेक पाँच वर्षमा नदीहरूको संगममा एक ठूलो आयोजना गर्थे जसमा उनले राज्यकोष गरीब र धार्मिक मानिसलाई दान दिनमा खर्च गर्थे ।
एजेन्सी
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...