×

NMB BANK
NIC ASIA

जनता आवासमा संघ र प्रदेशबीच किचलो : ८१ करोड पैसा आएपनि आएन कामको विवरण

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – गरीब तथा विपन्नलाई आवासको सुविधा उपलव्ध गराउने उद्देश्यले सरकारले १ नम्बर प्रदेशमा सञ्चालन गरेको जनता आवास कार्यक्रममा किचलो देखिएको छ ।

Muktinath Bank

संघले प्रदेशमा हस्तान्तरण गरेको कार्यक्रममा बजेट पठाएपनि कार्य विवरण नपठाउँदा प्रदेश कार्यालय अन्योलमा परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू अवस्थामा रहेको कार्यक्रमको अवस्था र कार्यप्रगतिबारे विस्तृत विवरण प्राप्त नहुँदा आएको बजेट खर्च गर्ने गरी काम गर्न नसकिएको जनाइएको छ । अधुरा भवन सम्पन्न गर्न संघीय सरकारले प्रदेशमा बजेट पठाएको छ । तर कार्य विवरण अभावमा काम अघि बढ्न सकेको छैन ।


Advertisment
Nabil box
Kumari

जनता आवास कार्यक्रम सञ्चालन गरेको तत्कालीन कार्यालय संघीय परियोजना कार्यान्वयन इकाईको रुपमा परिणत भएको र कार्यालयले गर्दै आएको कामको विवरणमा प्रदेशमा हस्तान्तरण नभएपछि कार्यक्रम नै अलपत्र परेको छ । शहरी विकास तथा भवन कार्यालयका प्रमुख दिगम्वर ठाकुरले जनता आवास कार्यक्रम अन्तर्गतका क्रमागत योजना सञ्चालन गर्न बजेट प्राप्त भएपनि योजनाको विस्तृत विवरण उपलब्ध नभएको बताए । ‘योजना के हुन् र कहाँ–कहाँ सञ्चालन भइरहेका छन् ? कुन योजनाले कति भुक्तानी पाउन बाँकी छ ? कुनै जानकारी नै नआएको छैन,’ उनले भने ।

Vianet communication
Laxmi Bank

विराटनगरमा रहेको शहरी विकास तथा भवन डिभिजन कार्यालयले उदयपुर, सुनसरी र मोरङ जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको थियो । ३ जिल्लामध्ये मोरङमा २ हजार ८२ घर निर्माणको लागि बजेट आएको छ भने सुनसरीको लागि १ हजार ३ सय ४४ र उदयपुरमा १ हजार ६ सय १ वटा आवास निर्माणको लागि बजेट प्राप्त भएको छ ।

प्रदेश सरकारले विवरण उपलव्ध गराउन पटक–पटक आग्रह गरेको भएपनि विगतमा भुक्तानी गरेको रकमको लेखापरीक्षण प्रतिवेदन हालसम्म पनि नबुझाउँदा समस्या आएको छ । प्रादेशिक शहरी विकास तथा भवन कार्यालयका प्रमुख ठाकुरले  विगतमा खर्च गरेको रकमको लेखापरीक्षण नै नगरी ‘पोका’ मात्रै बुझाउन खोजिएपछि नबुझेको बताए । ‘मैले विवरण बुझाउँदा सबै रिपोर्टको आधारमा लेखापरीक्षणपछि मात्र बुझाउन भनेको छु,’ उनले भने, ‘तर उहाँहरूले अहिलेसम्म बुझाउनुभएको छैन । डिजिटल फाइल पेन ड्राइभमा पठाएर हुँदैन ।’

संघीय इकाई प्रमुखको आलटाल

कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले मागिरहेको विवरण उपलब्ध गराउन संघीय इकाई कार्यालयका प्रमुख काशीप्रसाद गुप्ताले आलटाल गरिरहेका छन् । वर्षौदेखि काम गरेको कागज हेर्नुपर्ने भएकाले समय लाग्ने उनले बताए ।

‘पहिला नै हामीले किस्ता प्रमाणीकरणको कागजहरू बुझाएका हौं,’ उनले भने, ‘यसबारे हामीले थप केही अध्ययन गर्नुपर्ने भएकाले समय लागेको हो ।’ प्रमाणित कागजात बुझाउनेबारे प्रदेश सरकारले मात्र होइन, संघीय मन्त्रालयका सचिवले समेत निर्देशन दिँदा कार्यालय प्रमुखले आलटाल गरेका छन् । 

कार्यालयका प्रमुख गुप्ताले अहिले लेखापरीक्षण गर्ने काम भइरहेकाले केही दिनभित्रमा धेरै कुरा बाहिर आउने बताए । तर उनले आफू भर्खर सरुवा भएर आएकाले धेरै थाहा नभएको बताए ।

यसरी बन्छ आवास

चालू आर्थिक वर्षमा प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा जनता आवास कार्यक्रम अन्तर्गत ५–५ वटा घर बनाउने छुट्टै कार्यक्रम अघि बढाएको छ । कार्यक्रम अन्तर्गत मोरङमा ८५ वटा घर निर्माण हुनेछन् ।

जसको लागि १ करोड ७० लाख, सुनसरीमा ६० घरका लागि १ करोड २० लाख  र उदयपुरको लागि ४० घरको लागि ८० लाख बजेट प्राप्त भएको शहरी विकास तथा भवन डिभिजन प्रदेश कार्यालयका प्रमुख ठाकुराले बताए । नयाँ कार्यक्रम कार्यान्वयन गर्न समस्या नभएपनि पुराना योजनाको अवस्थाको लिखित दस्तावेज नआउँदा समस्या भएको उनले बताए ।

जनता आवास अन्तर्गत बन्ने घरमा २ कोठा, बरण्डा र भान्छा भएको घर तथा छुट्टै शौचालय हुनेछ । त्यसका लागि सरकारले ३ लाख ३२ हजार ५ सय रुपैयाँ रकम उपलव्ध गराउँछ । अघिल्लो वर्षसम्म २ लाख १७ हजार ४ सय उपलब्ध गराउँदै आएकोमा यस बर्षदेखि सरकारले बजेट बढाएको हो ।

जनता आवास कार्यक्रम अन्तर्गतको संघीय क्रमागत योजनाका लागि प्रादेशिक कार्यालय उदयपुरको लागि १७ करोड ४२ लाख, मोरङको २७ करोड १४ लाख र सुनसरीको ३६ करोड ७५ लाख रुपैयाँ बजेट आएको छ । जनता आवास कार्यक्रमको विवरण प्राप्त नभएपछि शहरी विकास तथा भवन कार्यालयले प्रदेश सरकारले स्वीकृत गरेको छुट्टै कार्यक्रम अगाडि बढाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x