×

NMB BANK
NIC ASIA

मनाङ्गेले सपथ ग्रहणपछि भने - 'मनाङको बाटोघाटो, शिक्षा र स्वास्थ्यमा काम गर्छु'

माघ १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा-  दीपक मनाङ्गे भनिने राजीव गुरुङले अन्ततः पद तथा गोपनियताको शपथ लिएका छन् । गण्डकी प्रदेश सभामा सोमबार उनलाई प्रदेश सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

Muktinath Bank

रेशम चौधरीले शपथ लिएलगत्तै मनाङ जिल्ला प्रदेश (ख) बाट निर्वाचित दीपक मनाङ्गेको पनि शपथको लागि चौतर्फी दबाब थियोे । विभिन्न विवादित मुद्दामा मुछिएका उनले प्रदेशसभा सुरु भएको झण्डै १४ महिनापछि शपथ लिएका हुन् । शपथपछि उनले ढिलै भए पनि राम्रो भएको पत्रकारसमक्ष प्रतिक्रिया दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफू अब मनाङको बाटोघाटो, शिक्षा र स्वास्थ्यमै केन्द्रित हुने बताए । स्वतन्त्र रुपमा चुनाव जितेको भए पनि उनले पत्रकारको जिज्ञासामा अबका आफ्नो समर्थन सत्तापक्षलाई हुने जानकारी समेत दिए ।


Advertisment
Nabil box
Kumari

उनको शपथ हुने थाहा पाएपछि उनी सोमबार दिउँसो काठमाडौंबाट पोखरा गाडीमा आएका थिए । यता, प्रदेशका सभामुख अधिकारीले भने, 'उहाँ (राजीव गुरुङ)ले चुनाव जित्नुभएको थियो, हामीले शपथ गरायौं ।' उनले यसभन्दा बढी बोल्न चाहेनन् ।

Vianet communication
Laxmi Bank

मनाङ्गेको शपथ हुनेभएपछि उनका शुभेच्छुकहरु पोखरा नदीपुरस्थित प्रदेशसभा बाहिर उनलाई बधाई दिन जम्मा भएका थिए । गत पुस २२ मा बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकले तत्कालका लागि मनाङ्गेको शपथ नगराउने र त्यसको पूर्णतः अधिकार सभामुखलाई दिने निर्णय गरेको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नयाँ शक्तिले उनको शपथ हुन नहुने अडान कायम राख्दैआएको भए पनि अन्य दल मनाङ्को पक्षमा उभिएका थिए ।

डिल्लीबजार कारागारमा रहेका मनाङ्गे ६ पुसमा सर्वोेच्चबाट तारेखमा रिहा भएपछि शपथका लागि गण्डकी प्रदेशसभा सचिवालयमा पुस १२ मा निवेदन बुझाएका थिए । कत्र्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका रेशम चौधरीले शपथ लिएपछि मनाङ्गेले आफ्नो शपथका लागि यसअघि प्रदेशका मुख्यमन्त्रीलगायतसँग भेटघाट गर्दैआएका थिए ।

ज्यान मार्ने उद्योगको मुद्दा पुनरावेदन हुने र हाल थुनाबाहिर रहेकाले मनाङेले प्रदेश सांसदका रूपमा शपथ लिन पाउनुपर्ने उनको माग थियो । मनाङ्गे तत्कालीन पुनरावेदन अदातलबाट दोषी ठहर भएका तर सर्वोेच्चबाट फैसला आइनसकेकाले शपथ लिन पाउनुपर्ने तर्क उनी पक्षधरको समेत दाबी थियो ।

यता, गण्डकी प्रदेशको प्रदेशसभा नियमावलीमा फौजदारी कसूरमा दोषी ठहर भएकालाई सपथ रोक्ने वा खुला गर्ने कुनै स्पष्ट व्यवस्था नभएको भन्दै पछि सार्दैआएको थियो । नियमावलीमा बिनाजानकारी लगातार १० बैठकमा अनुपस्थित हुने सांसदको पद स्वतः खारेज हुने उल्लेख छ ।

गण्डकी प्रदेशमा नेकपासहित नेपाली काँग्रेस, नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व छ । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलबाट ६० सांसद हुन् । सांसद टेकबहादुर घर्तीमगरको भने अघिल्लो महिना निधन भैसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x