×

NMB BANK
NIC ASIA

मनकामना केबुलकार पोखरा कप लिग उपविजेता, पुलिससँग संकटा पराजित

माघ १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा – नेपाल पुलिस क्लबद्वारा लिग उपविजेता संंकटा क्लब छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगितामा पराजित भएको छ । 

Muktinath Bank

पोखरा रंगशालामा शनिवार भएको अन्तिम प्रिक्वार्टरफाइनलमा पुलिसले संकटालाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको हो । जितका लागि अभिषेक रिजाल र रवि पासवानले १–१ गोलको योगदान दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलको ११ औं मिनेटमै सुवास गुरुङको पासमा विदेशी खेलाडी क्याक्सेल एलनको गोलबाट अग्रता लिएपनि संकटाको अग्रता खेलको ३१ औं मिनेटमा भंग भयो । 


Advertisment
Nabil box
Kumari

विपक्षी पुलिसका खेलाडी नीरकुमार राईको ब्याक पासमा अभिषेक रिजालले खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा टुंगिएकोमा दोस्रो हाफमा संकटामाथि पुलिस हाबी देखियो । खेलको ५४ औं मिनेटमा पुलिसका लागि रवि पासवानले गोल गर्दै टीमलाई अग्रता दिए ।

Vianet communication
Laxmi Bank

विपक्षी कीपर राजाबाबु थापा बिट भएको अवस्थामा रविले बललाई जाली चुमाउन सफल भएका हुन् । रवि नै म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार पाए । 

लिगमा छैटौ स्थानमा रहेको पुलिसले पोखरा रंगशालामा भने लिग उपविजेता संकटालाई पराजित गर्दै घर फर्काउन सफल भयो । यस सिजनमा खप्तड गोल्डकपको सेमिफाइनलमा पुलिसले संकटालाई पराजित गरेको थियो । लिगमा भने संकटाले २–१ ले जित हात पारेको थियो । 

जितपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले अर्को खेलमा स्कोरिङ सुधार्ने बताए । उनले रातारात खेलाडी पोखरा आइपुग्दा थकित भएको र सोचेजस्तो प्रदर्शन गर्न नसकेको स्वीकारे ।

उता, संकटाका प्रशिक्षक सल्यान खड्गीले गोलको मुखमा डिफेन्स कमजोर देखिएकोले पराजित हुनुपरेको बताए । उनले भने, ‘फुटबलमा गोल नै चाहिन्छ । हामीले पहिलो गोल निकाल्यौं । तर डिफेन्स कमजोर हुँदा पराजित हुनुपर्यो । दोस्रो हाफमा पुलिसका हेमन्त श्रेष्ठ घाइते हुँदै अस्पताल पुर्याइए ।’

खेल हेर्न अघिल्ला दिनका तुलनामा वेशी नै दर्शक पोखरा रंगशाला पुगेका थिए । आइतवारदेखि क्वार्टरफाइनलमा खेल शुरू हुनेछन् । पहिलो क्वार्टरफाइनलमा एपीएफ र थ्रीस्टारबीच खेल हुने आयोजकले जनाएको छ । 

कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १२ टिमको सहभागिता छ । प्रतियोगितामा पहिलो चरणको खेल जित्दै एपिएफसहित क्यामरुनको डफिन्स टिम फेमेली र ब्रिगेड व्याइज क्लब अघिल्लो चरण प्रवेश गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x