कात्तिक १८, २०८०
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
पोखरा - विपक्षीका दर्जनौं प्रहारमा गोल किपर राजु नगरकोटी 'चुम्बक' बन्दा एपीएफ क्लब छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा १२० मिनेटको खेल गोलरहित बराबरी खेलेको एपीएफले अन्ततः टाइब्रेकरमा जापानको रिस्सो युनिभर्सिटीको टीमलाई ४–१ गोलअन्तरले पराजित गर्दै उपाधि दाबेदार बनेको हो ।
वर्षाका कारण एक दिन स्थगित गरी शुक्रबार हिलाम्य मैदानमा खेलाइएको प्रतिष्पर्धामा जापानी टिम लोभलाग्दो प्रदर्शनीबीच पनि फाइनल यात्रा तय गर्न असफल बन्यो ।
उसका दर्जनौं प्रहारले लिगको पाँचौ स्थानमा रहेको विभागीय एपीएफको डिफेन्स चिर्न सकेन । उता, पेनाल्टी सुटआउट समेत उत्कृष्ट बचाउ गरेका एपीएफ किपर नगरकोटी 'म्यान अफ दी म्याच' घोषित भए । टाइब्रेकरमा पाहुना टोलीबाट नातसुकी ताकेदाको पहिलो प्रहार नगरकोटीले बचाएका थिए भने तेस्रो प्रहार गरेका आकिरा इमामुरोले पेनाल्टी प्रहार क्रसबारबाट बाहिरिन पुगेको थियो ।
निर्धारित ९० मिनेटको खेलमा गोलको जालो बुन्न नसकेपछि एपीएफको टाइब्रेकरमा पु¥याउने रणनीति अन्ततः सफल भयो । एपीएफबाट सुदीप सिंखाकार, आशीष लामा, राजीव लोप्चान र राजु नगरकोटीले पेनाल्टीमा गोल गरेका हुन् ।
जापानका क्याप्टेन ताकुया हितोमीको प्रहार गोलमा परिणत भएको थियो । जितपछि एपीएफ प्रशिक्षक राजेन्द्र तामाङले भने, 'विपक्षीले जहाँ जहाँ बल खेल्छ, हामी त्यही रोक्ने प्रयास ग¥यौं ।' यस्तै, जापानीज टिमका कोच टुकुरियो ताकेसीले आफ्नो टिमको रिबाउण्ड बलमा आफूहरु कमजोर र विपक्षी वीन हुँदा स्कोर हुन नसकेको बताए ।
नेपालमा दुई विभागीय टीम नेपाल पुलिस र एपीएफसँग खेल खेलेको उसले नेपालकी फुटबल कौशल राम्रो रहेको बताए । एपीएफले अब फाइनलमा लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी फुटबल क्लब र पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबबीचको विजेतासँग फाइनल खेल्नेछ । शनिबार मनाङ र क्यामरुनी टीम प्रतिष्पर्धामा उत्रिने आयोजक कास्की जिल्ला फुटबल संघले जनाएको छ ।
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...