नेपालद्वारा भारत पराजित, खेलको ७ मिनेटभित्र नेपालले हान्यो २ गोल

माघ २८, २०७५

काठमाडौँ– भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ ।

नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । खेलको पाँचौँ र सातौँ मिनेटमा उनले गरेको गोल नै नेपाललाई विजयी दिलाउन पर्याप्त भएको थियो । भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरेकी थिइन् । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार साँझ ७ बजेदेखि शुरु भएको थियो । 


ADVERTISEMENT

माघ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस