भदौ ६, २०८०
केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...
बाँके - बाँकेको नेपालगञ्जलगायत क्षेत्रमा २०० भन्दा बढी स्थानमा सिसी क्यामरा जडान गरिएको छ । अधिकांश ठाउँमा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै सीसी क्यामरा जडान गरिएको पाइएको छ ।
सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा जडान गरिएका सीसी क्यामराको जिल्ला प्रशासनसँग यकिन विवरण छैन । नेपालगञ्जको सुर्खेत रोडमा मात्रै ५६ सीसी टिभी क्यामरा जडान गरिएको छ । यीमध्ये अधिकांश सीसी क्यामरा कानून विपरीत अनुमतिबिनै जडान भएका छन् । केही जडानकर्ता निकायले जडान गर्दा अनुमति लिए पनि त्यसपछि नवीकरण गरेका छैनन् । बाँकेमा ३८ संस्थाले मात्र सीसी क्यामरा राख्न अनुमति लिएका छन् ।
सडकमा मात्रै नभई नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सञ्चालन भइरहेको सामान्यदेखि उच्चस्तरका होटलले समेत अनुमतिबिनै सीसी क्यामरा जडान गरेको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालका अनुसार नेपालगञ्जस्थित ठूला होटल स्नेहा, सिद्धार्थ र सोल्टीमा जडान गरिएका सीसी क्यामरा मापदण्ड विपरीत देखिएका छन् । यी होटलमा जडित क्यामरा प्रशासनको अनुमतिबिना जडान गरिएको पाइएको छ ।
नेपालगञ्ज र कोहलपुरका अधिकांश होटलले क्यामरा जडान गरे पनि प्रशासनको अनुमति लिएका छैनन् । नेपालमै नाम चलेका सोल्टी, सिद्धार्थ भ्यूका साथै नेपालगञ्जका चर्चित होटल सिटी प्यालेस, ग्यालेक्सी दरबार, सिग्नेट र स्नेहामा समेत अनुमतिबिनै सीसी क्यामरा जडान गरेको पाइएको छ । नेपालगञ्जको किचन होटलले भने सरकारी मापदण्ड र प्रशासनको अनुमति लिएरै सीसी क्यामरा जडान गरेको छ । पूर्वराजा ज्ञानेन्द्रको लगानीमा सञ्चालित होटल सोल्टी र नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाको लगानीमा रहेको होटल स्नेहाले समेत सीसी क्यामरा जडानको अनुमति नलिएको सहायक प्रजिअ अर्यालले बताए ।
करोडौं रुपैयाँ लगानीका होटलका साथै गैरसरकारी संस्था र निजी कम्पनीले सरकारी नीति तथा नियमको उलङ्घन गरेको पाइएको छ । रोकथाम तथा यस्ता निकायलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायले चासो दिएको छैन । जिल्लामा जताततै सीसी क्यामरा जडान गरिएको र अनुमति लिनेको सङ्ख्यामा कमी देखिएपछि जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि कडाइ गर्न थालेको छ ।
जिल्ला प्रशासन कार्यालयले सीसी क्यामरा जडान गरेर पनि मापदण्ड पूरा नगरेका वा अनुमतिबिनै क्यामरा जडान गरेका होटल, गैरसरकारी, सरकारी निकाय र निजी कम्पनीलाई सात दिनभित्र अनुमित लिई मापदण्ड पुर्याएर मात्रै क्यामरा जडान गर्न निर्देशन दिएको छ । कार्यालयका अनुसार तोकिएको सयमभित्रै अनुमति नलिए कानूनले तोकेअनुसारको कारवाही गरिनेछ ।
सहायक प्रजिअ अर्यालले सिसी क्यामरा राख्न अनुमति लिएकाले पनि अपनाउनु पर्ने सामान्य प्रक्रिया पूरा नगरेको बताए । 'सीसी क्यामेरा राख्ने अनुमति लिएकाले कम्तीमा ९० दिनसम्म रेकर्ड सुरक्षित राख्नुपर्छ, सूचना स्पष्ट देखिने गरी राख्नुपर्छ । अधिकांशले मापदण्ड पूरा गरेका छैनन्,' उनले भने । -काशीराम शर्मा/रासस
केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् । मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...
धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...
बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...
मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...
चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...