×

NMB BANK
NIC ASIA

'करोड क्लब'मा लोकदोहोरी गीत : ‘उही खोलीमा पानी’, ‘सालको पात टपरी’पछि प्रकाशको ‘बोल माया’

फागुन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- पछिल्लो समय गीतको लोकप्रियता मापन गर्ने मुख्य आधार बनेको छ, युटयुब ।

Sagarmatha Cement
Muktinath Bank

युट्युबमा नेपाली गीतले करोड भ्यूज पाउनुलाई सफलता मानिँदै आएको छ । तर त्यो सफलता हासिल गर्न त्यति सजिलो भने पक्कै छैन । नेपाली चलचित्रका गीतले करोड भ्यूज पाउने क्रम बढेपनि लोकदोहोरीमा कमै मात्र गीतले करोड बढी भ्यूज पाएका छन् । हालसम्म तीन नेपाली लोकगीतले मात्रै करोड बढी भ्यूज पाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'बोल माया' बोलको गीतलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएपछि 'करोड क्लब'मा पुग्ने गीतको संख्या तीन पुगेको हो । यसअघि ‘उही खोलीमा पानी’ र ‘सालको पात टपरी’ले युटयुबमा करोड बढी भ्यूज पाइसकेका छन् ।


Advertisment
Nabil box
Kumari

स्रोता/दर्शकले अत्याधिक रुचाएको ‘बोल माया’ गीतले सार्वजनिक भएको ८ महिनामा युट्युबमा करोड बढी भ्यूज पाएको हो । गायक तथा मोडल प्रकाश सपूतको शब्द, संगीत तथा भिडियो निर्देशनमा तयार गीतमा नारायण रायमाझी, प्रकाश सपूत र शान्तिश्री परियारको स्वर छ । गीतको भिडियोमा प्रकाशसँगै अञ्जली अधिकारीको जीवन्त फिचर रहेको छ ।

Vianet communication
Laxmi Bank

गायक तथा मोडल प्रकाशले गीतले एक करोड भ्यूज पाउँदा त्यसको खुशी सबै दर्शक स्रोता तथा संगीतकर्मीसामु बाँडन चाहेको बताएका छन् । वैदेशिक रोजगारीको पीडालाई समेटिएको गीतले धेरै नेपालीलाई भावुक बनाएको थियो ।

युट्युबमा 'करोड क्लब'मा सबैभन्दा पहिले पुग्ने लोकगीत भने ‘उही खोलीमा पानी’ हो । २ वर्ष अगाडि सार्वजनिक गीतले हालसम्म युट्युबमा १ करोड १५ लाख बढी भ्यूज पाएको छ । सार्वजनिक यो गीतलाई राजन गुरुङ र देवी घर्तीले गाएका हुन् । गीतमा केशव पौडेलको शब्द तथा बसन्त थापाको संगीत रहेको छ । बब्बु थापाको निर्देशित भिडियोमा राजन गुरुङ, रश्मी तामाङ, बसन्त थापा र करिश्मा ढकालको अभिनय रहेको छ ।

त्यस्तै युट्युबमा सर्वाधिक हेरिने लोक दोहोरी गीत हो- ‘सालको पात टपरी’ । ६ महिना बित्न नपाउँदै गीतले युट्युबमा ३ करोड ३ लाख बढी भ्यूज पाइसकेको छ । नवराज पन्तको शब्द रहेको गीतमा बसन्त थापाले संगीत भरेका छन् । गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको छ । शिव विकले निर्देशन गरेको भिडियोमा कुलेन्द्र र बसन्तसँगै अभिनेत्री मरिष्का पोखरेलको अभिनय रहेको छ ।

यी गीतको लोकप्रियतासँगै लोकदोहोरी भनेर नाक खुम्च्याउने स्रोता/दर्शक पनि लोकदोहोरीप्रति आकर्षित हुन थालेका छन् । अहिले पनि यी गीत सर्वत्र गुञ्जिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x