पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राष्ट्रपतिबारे नचाहँदा नचाहँदै पनि एकपटक पुनः बोल्न बाध्य भएको छु । केही समयअघि बोल्दा केही तह र तप्काबाट निकै खप्की खानुपरेको थियो । कतिले प्रतिगामीको आरोप लगाए । कतिले उद्देश्य र आशयलाई बङ्ग्याएर चरित्रमाथि नै आक्षेप लगाउन पनि भ्याए जबकि टिप्पणीमा राष्ट्रपतीय सवारीसाधन तथा यातायातबारे जनगुनासो प्रस्तुत गर्दै त्यसप्रति उनको ध्यानाकर्षण गराउन खोजिएको थियो ।
यति भए पनि केही छैन । कसले के भने त्यो उनीहरूको कुरा हो । जसमा जे छ, त्यही नै देखिने हो । सञ्चारकर्मीको अन्तस्करणले देखेको कुरा बोल्न हिचकिचाउन हुन्न भन्यो र सानो टिप्पणी प्रस्तुत गर्दैछु । आशा छ, यसतर्फ राष्ट्रपति महोदयाको ध्यानाकर्षण हुनेछ ।
हालै महामहिम राष्ट्रपतिले चितवनमा आयोजित कार्यक्रममा भनेकी छन् – ‘नेपाली भाषा र हिन्दूधर्ममा संस्कृत भाषाको विशेष स्थान छ ।’ उनको आशय नराम्रो थिएन । संस्कृत भाषाको उत्थान हुनुपर्छ भनेर नै त्यसो भनेकी थिइन् तर उनको लिखित मन्तव्यमा आएका शब्द भने आश्चर्यजनक मात्र थिएनन् दयालाग्दा पनि थिए । दुनियाँलाई थाहा छ, संस्कृत भाषाको प्रभाव नेपाली भाषा र हिन्दूधर्ममा मात्र छैन । यसको प्रभाव विश्वव्यापी छ । नेपालीलगायत समग्र भारोपेली भाषापरिवार संस्कृतद्वारा आप्लावित छ । यसबाहेक भोट, बर्मेली आदि अभारोपेली भाषामा समेत संस्कृत शब्दको बाक्लै उपस्थिति भेटिन्छ ।
हालै अमेरिकी अन्तरिक्ष अन्वेषण संस्था नासा प्रमुखले संस्कृत भाषा सिक्न थालेको समाचार सञ्चारमाध्यममा आएका छन् । समाचारअनुसार, संस्कृत भाषाको प्रभाव अन्तरिक्षमा समेत उत्तिकै देखिएकाले यसतर्फ आकर्षित भएका हुन् रे उनी । यसको अर्थ हो, संस्कृत भाषा भूगोलमा मात्र नभई अन्तरिक्षमा समेत सराबर हुन पुगेको छ । यस्तो अवस्थामा राष्ट्रपति जस्तो मानिस कसरी चिप्लिइन् ? केही समयअघि भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष प्रचण्डको जिभ्रो चिप्लेको थियो, प्रधानमन्त्रीले भनेका । यहाँ त राष्ट्रपति आफैं चिप्लिन पुगिन् । यसले उनको मात्र होइन, उनको सल्लाहकार र सचिवालयको समेत हैसियत प्रस्ट पारेको छ । हो, नजान्नु अपराध होइन । यो आफैंमा त्यति ठूलो कुरा पनि होइन तर नजानेको कुरो बोल्न तम्सनु चाहिँ ठूलै कुरा हो । थाहा नभएको कुरो नबोलेको भए कसको के जान्थ्यो र ? पक्कै कसैले किन नबोलेको भन्ने थिएनन् ।
आश्चर्य त के भने सरकारी सञ्चारमाध्यमले समेत जस्ताको तस्तै प्रचार, प्रसार गरी उनीप्रति हनुमानभक्ति देखाए । उनीहरूले चाहेका भए यसमा संशोधन गर्न वा सुधार्न सक्थे तर चाहेनन् । राणाकाल र शाहकालमा यस्तो हुन्थ्यो । राजा महाराजाहरूले बोलेका कुरा जस्ताको तस्तै प्रचारमा आउँथे । संशोधनको आँट कसैले गर्दैनथिए । कदाचित् कसैले गरे ठूलै आपत आइलाग्थ्यो तर हाल नदीनालामा धेरै पानी बगिसकेको छ । मुलुक प्रजातन्त्र र लोकतन्त्र हुँदै गणतन्त्रमा पुगेको छ तर हाम्रा सरकारी सञ्चारमाध्यमहरूलाई भने अहिले पनि त्यसको भूतले छाडेको छैन । यसैमा शासक शासित दुवैथरी मख्ख छन् । एकथरी हनुमान नचाउन पाएकोमा मख्ख, अर्कोथरी हनुमान बन्न पाएकोमा मख्ख तर नतिजा भने बाँदरभक्ति बाहेक केही हुन सकिरहेको छैन ।
महामहिम राष्ट्रपतिले ध्यान दिनुपर्ने यस्ता कुरा धेरै छन् । तिनमा एकाध थप उल्लेख गर्ने अनुमति चाहन्छु । महामहिमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा भ्रष्टाचार संस्थागत हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन् । यो राम्रो कुरा हो । उपल्लो तहबाट भएको चिन्ताले पक्कै केही अर्थ राख्छ तर बत्तीमुनि अँध्यारो कायमै रहनु भने राम्रो होइन । उनले नवीन प्रविधि र परिवर्तित प्रवृत्तिका कारण भ्रष्टाचार संस्थागत हुँदै गएको कुरा गरेकी छन् तर अतिविशिष्ट र विशिष्टका साथै पूर्वविशिष्टका नाममा हुने गरेको असामान्य सवारीसाधन एवं इन्धन सुविधा प्रयोग प्रकरण चाहिँ संस्थागत भ्रष्टाचारमा पर्छ कि पर्दैन बोल्न आवश्यक ठानेकी छैनन् । उनलाई लागेको होला झिनामसिना कुरामा अल्झिनु हुन्न, राष्ट्रपतिको गरिमा घट्छ तर कुरो त्यसो होइन । गरिमा उठाउने भनेकै झिनामसिना काम र कुराले हो, बढप्पनले होइन ।
महामहिमको साह्रै बिझाउने अर्को पनि एउटा बानी छ । उनी कतै जानुपर्दा राजा महाराजाको शैलीमा एउटा हात उठाएर अभिवादन फर्काउने गर्छिन् । यसलाई उनका हनुमानहरूले राम्रै मानेका होलान् । शायद सिकाएका पनि छन् कि ? तर सर्वसाधारण जनताले भने कत्ति मन पराएका छैनन् । यस्तो काम कि विशिष्टतम योगी, संन्यासी वा सन्त, महन्तहरूलाई सुहाउँछ । कि राजामहाराजाहरूले रैतीलाई अभिवादन फकाउँदा गर्छन् । तर उनी यी दुवैमा पर्दिनन् । उनी गरीब किसानकी छोरी हुन् अनि समाजसुधारक सर्वहारा नेताकी धर्मपत्नी । उनले कहाँबाट सिकिन् वा कसले सिकायो त्यस्तो काम ? यस्तो राम्रो होइन भन्ने उनी आफंैले जान्नुपर्ने हो । नभए सल्लाहकार वा सचिवालयले पनि सिकाउनुपर्ने हो ।
जब उनी बिदाको बेला एउटा हात उठाउँछिन् केही मुट्ठीभर बाहेक अरू सबै रिसले चुर हुन्छन् । कति त गालीगलौजमै उत्रिन्छन् । त्यस्तै व्यवहार सहन नसकेर जनताले राजामहाराजालाई बिदाइ गरेका हुन् तर पात्र मात्र फेरियो प्रवृत्ति भने अहिले पनि उही छ भने जनआक्रोश बढ्नु के नै ठूलो कुरा भयो र ? राष्ट्रपति विद्यादेवी भण्डारी जनताकी छोरी हुन्, जननेताकी पत्नी । उनलाई त्यस्तो व्यवहार पटक्कै सुहाउँदैन, सुहाएको छैन । जनताले जस्तै दुई हात जोडेर पनि अभिवादन फर्काउन सकिन्छ । यो विशुद्ध नेपाली संस्कृति हो । यसो गरे के फरक पर्छ र ? के यसबाट उनको उचाइ घट्छ र ? अहँ, त्यस्तो लाग्दैन । बरू जनता खुशी हुन्छन्, जय मनाउँछन् । अहिलेलाई यति नै, बाँकी अर्को बसाइमा ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...