×

NMB BANK
NIC ASIA

नेपालको हवाई सुरक्षाप्रति विभिन्न देशका राजदूतको चासो

फागुन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौँ-नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ (ईयू) सकारात्मक देखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी आज नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले हवाई सुरक्षा चासोका विषयमा विचारविमर्श गरेका हुन् । उनीहरुले पछिल्लो समय नेपालको हवाई क्षेत्रमा भइरहेको सुधार र सुरक्षा प्रणालीप्रति सन्तोष व्यक्त गर्दै सुरक्षाको न्यूनतम मापदण्डलाई ख्याल गरिदिन आग्रह गरेका हुन् । सो भेटका क्रममा उनीहरुले हालको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रुपमा छुट्याएर जान उपयुक्त हुने सुझाएको मन्त्रालय स्रोतले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“निकट भविष्यमै थप दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको वातावरण बनेको छ । निर्माणाधीन भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति सन्तोषजनक छ, त्यसका लागि धन्यवाद दिन चाहन्छाँै । स्थिर सरकार छ । घोषित नेपाल भ्रमण वर्षलाई सहयोग गर्न हामी पनि आतुर छौँ, युरोप र नेपालबीच सिधा हवाईजहाज उडून भन्ने हाम्रो पनि औधी चाहना रहेको छ, यसले पर्यटन प्रवद्र्धनका साथै अरू आर्थिक गतिविधि पनि बढाउछ”, नाम उल्लेख नगर्ने शर्तमा मन्त्रालयका एक अधिकारीले राससलाई भने । 


Advertisment
Nabil box
Kumari

उनीहरुले नेपाललाई हवाई ‘सुरक्षा सूची’बाट हटाउन न्यूनतम मापदण्ड पूरा भएको छ कि छैन, नियामक निकाय प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रुपमा अघि बढाउने के कस्तो तयारी छ तथा अरू सुरक्षा प्रणाली अपनाउनेबारे कस्तो प्रगति भएको छ भनी जिज्ञासा राखेका थिए । 

Vianet communication
Laxmi Bank

जवाफमा पर्यटनमन्त्री अधिकारीले ईयूको चासो नियामक निकायलाई दुई भिन्न निकायको रुपमा स्थापित गर्ने आवश्यक प्रक्रिया अघि बढेको जानकारी गराउनुभएको थियो । “हामी प्रतिबद्ध छौँ, अन्तरमन्त्रालयसँगको छलफलले सकारात्मक गति लिएको छ, छिट्टै मन्त्रिपरिषद्मा लगेर संसदीय समितिमा छलफलपछि संसद्को जारी अधिवेशनबाटै यसलाई टुङ्गो लगाउने गरी काम अघि बढेको छ, बरू सुरक्षा सूचीबाट नेपाल चाँडो हटेको खण्डमा पर्यटन र आर्थिक गतिविधि बढाउन थप सहयोग पुग्नेछ, यसमा तपाईहरु गम्भीर भइदिनुस्”, मन्त्री अधिकारीको भनाइ उधृत गर्दै स्रोतले भन्यो । 

सो अवसरमा प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले हालसम्मको प्राविधिक प्रगतिबारे ईयूका राजदूतलाई जानकरी गराउनुभएको थियो । मन्त्रीसँग छलफल गर्न नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूत सिंहदरबार पुगेका थिए । पर्यटनमन्त्रीसहित प्राधिकरणका उच्च अधिकारीसँग र ईयूका राजदूतबीच भएको छलफलमा दुई भिन्न निकाय बनाएको खण्डमा हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन सहयोग पुग्ने राजदूतहरुको धारणा थियो । 

सेवा प्रदायक र नियामक निकाय छुट्याउन प्राधिकरणले अहिले लागू भइरहेको ऐन २०५३ संशोधन गरी कर्मचारीलाई दिँदै आइएको सेवा सुविधा भने यथावतै राख्ने जनाइएको छ । सन् २०१३ मा नेपालको हवाई सुरक्षा अवस्था कमजोर रहेको भन्दै ईयूले नेपाललाई कालोसूचीमा राखेको थियो । युरोपियन युनियनका अनुसार अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड परिपालन न्यूनतम ६० प्रतिशतले रहनुपर्नेमा हाल ८० प्रतिशत परिपालन भइसकेको प्राधिकरणले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x