ट्रम्पले नोबेल शान्ति पुरस्कारका लागि आफूलाई मनोनयन गरेको आवेको दावी

फागुन ५, २०७५

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आवेले आफूलाई नोवेल शान्ति पुरस्कारको लागि मनोनयन गरेको बताएका छन् ।

उत्तर कोरियासँग संवाद शुरू गरेकोमा आवेले आफूलाई मनोनयन गराएको उनले जानकारी दिए । दक्षिणी सिमानामा प्रस्तावित पर्खालबारे छलफल गर्न ह्वाइट हाउसमा बोलिएको एक कार्यक्रममा ट्रम्पले उक्त कुरा बताएका हुन् ।


ADVERTISEMENT

उनले भने, ‘सिन्जो आबेले मलाई एकदमै सुन्दर एक चिठ्ठीको प्रति पठाउनु भएको छ । सो पत्र उहाँले नोबेल पुरस्कार दिने महानुभावहरूलाई पठाउनु भएको हो ।’ रिपोर्टअनुसार दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले पनि उक्त पुरस्कारको लागि ट्रम्पलाई समर्थन गरेका छन् । मूनले उत्तर कोरियासँगको सम्वाद शुरू गर्ने श्रेय ट्रम्पलाई दिएका छन् ।

फागुन ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस