आकाशमा पाइलटले लेखे, बोर लाग्याछ

फागुन १०, २०७५

काठमाडौं — हजारौं फीटको उचाइमा उड्ने पाइलटको जागिर हामीलाई त निकै रोचक लाग्छ । तर अस्ट्रेलियाको एडिलेडमा भएको एक घटनाले पाइलट पनि आफ्नो कामबाट बोर हुन सक्छन् भन्ने देखाएको छ । 

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको एक भिडियोमा एक पाइलटले हवाई कला देखाएर आई याम बोर्ड अर्थात् मलाई झ्याउ लागेको छ भनी लेखे । उक्त कला पृथ्वीबाट देखिँदैन तर फ्लाइट ट्य्राक गर्ने प्रोग्राम र वेबसाइटमा मात्र देखिन्छ । 


ADVERTISEMENT

डायमन्ड स्टार विमानका एक पाइलटले तीन घन्टासम्म विमानलाई त्यस्तो फ्लाइट पाथमा लगे जसबाट दक्षिण अस्ट्रेलियाको आकाशमाथि आई याम बोर्ड देखिन थाल्यो । फ्लाइट अवेयर वेबसाइटले पाइलटको यस कामलाई क्याप्चर गरेपछि अहिले खुबै भाइरल भइरहेको छ ।

एजेन्सी

फागुन १०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस