×

NMB BANK
NIC ASIA

साथीको हत्यारा १० वर्षपछि पक्राउ, सुत्ने औषधि खुवाएर हत्या

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – मोरङबाट १० वर्षअघि हत्या गरी फरार भएका १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

ईलाका प्रहरी कार्यालय बेलवारीले हत्यामा संलग्नलाई पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रवार पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ । २०६५ चैत्र ३१ गते मोरङको भाउन्नेचोक नजिककै खालीचौरमा झापाको शनिअर्जुन नगरपालिका–४ का २७ वर्षीय दिपक पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा शनिअर्जुन नगरपालिका–२ का शरण भट्टराईलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 


Advertisment
Nabil box
Kumari

मृत अवस्थामा भेटिएका पाण्डेलाई घाँटीमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेका उनको हत्यारा खोज्न प्रहरी लागिरहेको थियो ।

Vianet communication
Laxmi Bank

प्रहरीले झण्डै १० वर्षको अवधिमा पक्राउ परेका भट्टराईले आर्थिक प्रलोभनका कारण घटना घटाएको प्रहरीले जनाएको छ । घटनापश्चात् भारतका विभिन्न स्थानमा बस्दै आएका उनलाई निरन्तरको प्रयासपछि झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । 

सवारी चालक रहेका मृतक पाण्डे र प्रतिवादी भट्टराई सामान्य चिनजानका साथी रहेकाले पाण्डेको कारमा बिर्तामोडबाट इटहरीतर्फ हिँडेका भट्टराईले मोरङको पथरी बजार आएपछि कोकाकोलामा ‘स्लीपिङ पिल्स’ मिसाई खान दिएको र औषधी खाएपछि चालक पाण्डे सवारी चलाउने नसक्ने अवस्थामा पुगेपछि भट्टराईले आफैं कार चलाई घटनास्थलसम्म पुर्याएर हत्या गरेको प्रहरीको अनुसन्धानले फेला पारेको केसीले बताए । 

पाण्डेलाई धारिलो हतियार दाउले प्रहार गरी हत्यापछि कार समेत लिई भट्टराई पोखरा गएको समेत पाइएको प्रहरीले जनाएको छ । ‘पोखराकै एक ग्यारेजमा ६५ हजार रुपैयाँमा धितो राखी भारततर्फ गएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो,’ प्रहरी उपरीक्षक केसीले भने । 

पक्राउ परेका अभियुक्तलाई सोधपुछ गर्ने क्रममा घटना उनले नै घटाएको भन्ने पुष्टि भएपछि जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका  उपरीक्षक केसीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x