×

NMB BANK
NIC ASIA

सन्दीप रोकिएनन्, पिपिएलमा पहिलो खेलमै तीन विकेट

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिपिएल) को पहिलो खेलमै तीन विकेट लिएका छन् । 

लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले आज भएको पहिलो खेलमा मुलतान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिन सफल भएका हुन् । पहिलो ओभरमा १८ रन खर्चिए पनि त्यसपछिका ओधरमा उनले लगातार विकेट लिन सफल भए । त्यसपछि दोस्रो ओभरमा उनले सात रन दिएर एक विकेट लिए । जसमा जेम्स भिन्सलाई पेभेलियन फर्काएका थिए । त्यसपछि व्यक्तिगत तेस्रो ओभरमा उनले सोयव मलिकको विकेट लिन सफल भए । तर उनले सो ओभरमा १५ रन खर्चिएका थिए । 

यसका साथै सन्दीपको सो ओभरमा एउटा क्याच ड्रप भएको थियो । सन्दीपले व्यक्तिगत चौथो ओभरमा अर्को विकेट लिए । आफ्नो अन्तिम ओभरको पहिलो बलमा छक्का खाएका उनले दोस्रो बल डट गरे । त्यसपछि तेस्रो बलमा उनले आन्द्रे रसेललाई क्यान आउट गरे । उनले चार ओभरमा ४६ रन खर्चिएर तीन विकेट लिए । आन्द्रे रसेल वेस्टइन्डिजका विश्वचर्चित खेलाडी हुन् भने सोएब मलिक पाकिस्तानका चर्चित खेलाडी हुन् । 

थ्री स्टार उपविजेतामा सीमित 

थ्री स्टार क्लब भुटानमा जारी ‘जिग्मे दोर्जी बाङ्चुक स्मृति गोल्डकप’ फुटबल प्रतियोगिताको उपविजेतामा सीमित बनेको छ । आज भएको फाइनलमा भुटानको पारो फुटबल क्लबसँग १–० गोलले पराजित हुँदै थ्रीस्टार उपविजेतामै सीमित बनेको हो । पारोको जितमा एकमात्रै निर्णायक गोल चेन्चोले खेलको ७३ मिनेटमा गरेका थिए । 

खेलभरि उत्कृष्ट प्रदर्शन गरेका नेपाली यू–१९ गोलरक्षक तथा कप्तान अर्पण कार्कीले भुटानमा पहिलो उपाधि उचाल्न सफल भए । उनी भुटान पारो क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । यस्तै पारो एफसीले सेमिफाइनल र फाइनलमा दुवै नेपाली टिमलाई पराजित गरेको थियो । सेमिफाइनलमा पारोले विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपाल दुईसहित १२ क्लबको सहभागिता थियो । 

ह्यान्डबल टोली छनोट 

आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ को पुरुष ह्यान्डबल टोली चयन भएको छ । आज भएको छनोटमा सबैभन्दा बढी आठ खेलाडी सिरहाबाट छनोट भएका छन् । महोत्तरीबाट पाँच तथा धनुषाबाट एक खेलाडी परेका छन् । 

सिरहाबाट वमभोल चौधरी, रविन सिंह, परमानन्द सिंह, रोशन चौधरी, राहुल चौधरी, धीरेन चौधरी, सन्तोष चौधरी र देवकान्त चौधरी, महोत्तरीबाट अर्जुन चौधरी, रुजन चौधरी, चन्द्रबिन्दु चौधरी, कमलेशकुमार यादव र सुरजनारायण महतो तथा धनुषाका पवन श्रेष्ठ छन् । 

उसु खेलाडी छनोट 

त्यसैगरी उसुको सान्सौँतर्फ छ पुरुष र एक महिला खेलाडी छनोट भएका छन् । रौतहटका जयनारायण साह कानू ५२ किलो ग्राममा, ५६ किलो ग्राममा सप्तरीका विक्रम शाह, ६० किलो ग्राममा सर्लाहीका चन्दन सिंह, ६५ किलो ग्राममा रौतहटका अभिषेककुमार यादव, ७० किलो ग्राममा सर्लाहीका विक्रम जिम्बा र ७५ किलो ग्राममा सप्तरीका हरिशकुमार साह रहेका छन् । महिला ५२ किलो ग्राम सप्तरीकी हेमकला राई छिन् । 

Sagarmatha Cement
Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x