×

NMB BANK
NIC ASIA

प्रदेशको श्रम स्वीकृतिमा 'सिन्डिकेट', सेवाग्राहीलाई समस्यै–समस्या !

फागुन १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – सिरहाको नरहा गाउँपालिका–८ का परजीतकुमार यादव श्रमको पुनः स्वीकृति लिनका लागि फागुन ६ गते श्रम तथा रोजगार कार्यालय जनकपुरधाम पुगे । अनलाइन फारम समेत भरेर उनी त्यहाँ पुगेका थिए ।

Sagarmatha Cement
Muktinath Bank

वैदेशिक रोजगारीको शिलशिलामा पुनः कतार जानुपर्ने हुँदा पुनः श्रम स्वीकृति लिनका लागि उनी त्यहाँ पुगेका थिए । एकैदिनमा काम सकेर घर फर्किन सकिन्छ भन्दै कार्यालयमा पुगेका यादवलाई श्रम कार्यालयले फागुन १८ गते शनिवारको दिन आउन भन्दै उनको फारममा टोकन लगाइदियो । कर्मचारीले १८ गते शनिवार भएको समेत पत्तो पाएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यादव शनिवारकै दिन फेरि सिराहाबाट जनकपुरधाम आएर कार्यालय पुगे । त्यहाँ पुग्दा शनिवार भएकाले कार्यालय बन्द रहेको पाइयो । निराश हुँदै उनी फेरि बस चढेर सिरहा पुगे । त्यसको भोलिपल्ट १९ गते कार्यालय पुगेपछि मात्र उनले श्रम स्वीकृति पाए ।


Advertisment
Nabil box
Kumari

महोत्तरीको सम्सी गाउँपालिका–२ का मनोहर शेषले पनि समस्या नै झेल्नुपर्‍यो । उनले पनि सेवा लिन गएको ७ दिनपछि आउने टोकन पाए । धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीका सञ्जयकुमार यादव, धनुषाकै जनकनन्दिनी गाउँपालिका–६ का जंगली कामतले पनि त्यस्तै समस्याको सामना गर्नुपरेको गुनासो व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

सर्लाहीको हरिपुर नगरपालिका–२ का रामनारायण भण्डारीले मलेसिया उड्ने टिकट भएको मितिको २ दिनअघि मात्र श्रम स्विकृती पाए । ‘म श्रम कार्यालयमा श्रम स्वीकृतिको लागि फागुन ५ गते नै आएको थिएँ,’ आइतवार भेटिएका भण्डारीले भने, ‘मलेसिया जानको लागि फागुन १४ गतेको टिकट छ । तर फागुन १२ गते मात्र मैले पुनः श्रम स्वीकृति पाएको छु ।’ 

श्रम कार्यालयमा अधिकांश सेवाग्राहीले कार्यालय गएकै दिन श्रम स्वीकृति पाउन सकेका छैनन् । कसैलाई ७ दिन त कसैलाई १० दिनसम्मको पालो कुराउन कार्यालयले टोकन दिने गरेको छ ।

सेवाग्राहीलाई श्रम स्वीकृति लिनका लागि टाढा काठमाडौं जानु नपरोस्, पायक ठाउँमै कम खर्च र हैरानी विना नै श्रम स्वीकृति प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले सरकारले गत माघ १५ गतेदेखि २ नम्बर प्रदेश राजधानी

जनकपुरधाममै कार्यालय सञ्चालन गरेको छ । तर कार्यालयका कर्मचारीको लापरवाहीका कारण सेवाग्राहीले १ दिनमै काम सम्पन्न गर्न सकिरहेका छैनन् ।

पटक–पटक कार्यालय धाउनुपर्ने भएकाले बस भाडादेखि अन्य खर्चको आर्थिक भार र काठमाडौंजस्तै विगतकै हैरानी भोग्नुपरेको धनुषाको सबैला नगरपालिका–७ मठीका राम उदगार सहनीले गुनासो गरे । ‘सरकारले हामीलाई सुविधा होस् भन्ने उद्देश्यले जनकपुरमा कार्यालय त खोल्यो,’ सहनीले भने, ‘तर पटक–पटक धाउनुपर्छ अनि मात्रै काम हुन्छ ।’

‘टोकन दिँदा गएको भोलिपल्ट वा २–३ दिनको अन्तरालमा दिएको भए त हुन्थ्यो नि ! तर ७ दिनसम्म पालो कुरेर बस्न लगाउने गरेकाले थप समस्या हुने गरेको छ,’ उनले भने ।

दरबन्दी अनुसारका कर्मचारी नहुनु र कर्मचारी बिदामा बस्ने गरेका कारण ७ दिनसम्मको टोकन दिनुपरेको श्रम तथा रोजगार कार्यालय जनकपुरधामका कार्यालय प्रमुख मनोजकुमार यादवले बताए । ‘२ जना अधिकृत मात्रै छौं, १ जना बिदामा बसे समस्या हुनु स्वाभाविक नै हो,’ उनले भने ।

कार्यालय स्थापना हुँदा दैनिक १ सय ५० जनासम्मको श्रम स्वीकृति दिने गरिएको भएपनि हाल दैनिक ७०–८० जनासम्मको मात्र श्रम स्वीकृति प्रदान गर्ने गरिएको कार्यालयका सूचना अधिकारी आबिद अन्सारीले बताए ।

‘कार्यालयमा १ जना उपसचिवको समेत दरबन्दी छ । तर उक्त दरबन्दी अनुसार पदपूर्ति नभएकाले पनि समस्या भएको हो,’ उनले भने, ‘हाल ९ जना कर्मचारीको भरमा काम गर्नुपर्दा समस्या आएको छ ।’

बिमा कम्पनी र बैंकमा कर्मचारीको सिन्डिकेट ?

कार्यालय स्थापना हुँदा म्यादी जीवन बिमा गराउन तथा बैंक राजस्व दाखिला गर्नका लागि विभिन्न बिमा कम्पनीले कार्यालय छेउमै आ–आफ्नो काउन्टर खोलेका थिए । तर गत फागुन १ गतेदेखि सूर्या इन्स्योरेन्स कम्पनीमा मात्रै बिमा गराउन श्रम कार्यालयले सिन्डिकेट लगाएपछि सेवाग्राहीलाई थप समस्या भइरहेको अनलाइन फारम भर्ने व्यवसाय गरिरहेका ललित साहले बताए ।

‘पहिले जुनसुकै बिमा कम्पनीमा पनि बिमा गराए हुन्थ्यो । जुन कुनै पनि बैंकमा राजस्व दाखिला गराए हुन्थ्यो,’ व्यवसायी साहले भने, ‘तर अब सूर्या बिमा कम्पनी र लक्ष्मी बैंकमा मात्रै राजस्व दाखिला गर्न सिन्डिकेट लगाएका कारण थप समस्या भइरहेको छ ।’

‘झन् त्यो बैंक र बिमा कम्पनी कार्यालयभन्दा धेरै टाढा छ, एउटा–एउटा मात्र कार्यालयमा सिन्डिकेट लगाएका कारण ती कार्यालयमा धेरै नै भीडभाड बढेकाले समेत थप समस्या हुने गरेको छ,’ अर्का व्यवसायी सुभाषसिंह यादवले भने ।

श्रम कार्यालयले ती बैंक तथा बिमा कम्पनीबाट कमिशन पाउने लोभमा परेर सिन्डिकेट लगाएको अर्का व्यवसायी अजय साह आरोप लगाउँछन् । तर आरोप निराधार रहेको श्रम कार्यालयका प्रमुख यादवले बताए ।

राजस्व दाखिलाका लागि लक्ष्मी बैंकमा २ वटा खाता, सिद्धार्थ बैंकमा २ वटा खाता, प्रभू बैंकमा २ वटा खाता, सानिमा बैंकमा २ वटा खाता, ग्लोबल आईएमईमा २ वटा खाता, सेञ्चुरी बैंकमा २ वटा खाता र एभेरेस्ट बैंकमा एउटा खाता सञ्चालनमा रहेको उनले बताए ।

त्यसैगरी, विभिन्न १४ वटा बिमा कम्पनी बिमाका लागि विभागले नै सूचीकृत गरिदिएको हुनाले कुनै पनि सिन्डिकेट नलगाएको उनले बताए ।

१० लाख रुपैयाँ बिमांकको लागि विभिन्न उमेर समूहका मानिसले विभिन्न म्यादका लागि बिमा गराउनुपर्ने हुन्छ । एकमुष्ठ प्रिमियम भुक्तान गर्नुपर्ने हुन्छ । त्यसको विभिन्न दरको बिमा रकम निर्धारण गरिएको छ । अनलाइन फाराम भर्ने व्यवसायी सुभाषसिंह यादवले भने, ‘शुरूमा हामीले सेवाग्राहीको बिमा गरिदिँदा बिमा कम्पनीले १ सय देखि ३ सय रुपैयाँसम्म कमिशन नै दिने गर्थ्यो ।’ तर अब एउटा मात्र बिमा कम्पनीमा सिन्डिकेट लगाएपछि कमिशन कर्मचारीले नै लिने गरेको उनले दाबी गरे । 

‘यदि सिन्डिकेट लगाएको छैन भने सरकारले त्यसको छानबिन गरे हुन्छ, श्रम स्वीकृति पाएका सबै सेवाग्राहीको फारममा लक्ष्मी बैंक र सूर्या इन्स्योरेन्स कम्पनी नै कसरी भएको छ,’ उनले भने ।

व्यवसायीद्वारा पनि लूट

कार्यालय छेउमै रहेका व्यवसायीले सेवाग्राहीलाई आवेदन फारम भरिदिएबापत प्रतिसेवाग्राही ३ सय रुपैयाँ लिने गरेका छन् भने बिमा वा बैंक दाखिला गराउनका लागि थप रकम ५ सय रुपैयाँसम्म लिने गरेका छन् ।

‘हामीले एउटा सानो टहराको भाडा मासिक २० हजारदेखि २५ हजार रुपैयाँसम्म तिर्नुपर्छ,’ व्यवसायी ललित साहले भने, ‘फेरि बिमा गराउन वा बैंक दाखिलाका लागि कर्मचारी खटाउनुपर्ने हुनाले न्यूनतम रकम नै सेवाग्राहीबाट सेवाबापत लिने गरिएको छ ।’

कार्यालयबाट गत माघ १५ गतेदेखि फागुन १३ गतेसम्म ४ हजार ५ सय ६३ सेवाग्राहीले श्रम स्वीकृति लिएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x