×

NMB BANK
NIC ASIA

सिद्धबाबाको पहिरोलाई लिएर बन्यो गीत, कलाकार भन्छन्, –नेताज्यू कहिले बन्छ बाटो?

फागुन १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पाको खण्डको सिद्धबाबा सडकलाई धेरैले ‘मृत्युमार्ग’का रुपमा परिभाषा दिन्छन् । हुन पनि हो यहाँ वर्षनी यात्रुहरुले अकालमै ज्यान गुमाईरहेका छन् । 

Muktinath Bank

घाम वा पानी, हिउँद वा वर्खा जुनसुकै वेला ढुंगे पहिरो खस्छ । गाडीलाई च्याप्छ । यो सडकखण्डमा यात्रा गर्नेहरु भगवान पुकारेर यात्रा गर्न बाध्य छन् । यस्तै यथार्थ विषयलाई लिएर कलाकारहरुले नेतालाई प्रश्न गर्दै गीत नै बनाएका छन् । 
स्कटिङले नेता ज्यू टर्ने
कहिलेसम्म जनताको ज्यान मर्ने?
विकास मन्द मन्द, ए नेता ज्यू विकास मन्द मन्द
कहिले बन्छ बाटो यो सिद्धबाबा खण्ड?

यो गीतमा सिद्धबाबा सडकखण्डमा यात्रा गर्नेले अनायासै ज्यान गुमाउनुपरेको यथार्थतादेखी बाध्यताले यात्रा गर्नुपरेको कुराहरुलाई उठान गरिएको छ । त्यतिमात्र होइन् सिद्धबाबा सडक नबन्दा पाल्पा, गुल्मी, स्याङजा जिल्लाको विकासमा समेत बाधा पुगिरहेको बताईएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो गीतलाई गायक कमल भट्टराई र ममता कोइरालाले गाएका हुन् । शब्द/संगीत कमलको नै रहेको छ । मनिष पन्तको निर्देशनमा बनेको भिडियो गीतको भावअनुसार बनेको छ । भिडियोमा मोडल कृष्ण बाबु र प्रिया भण्डारी देखिएका छन् । साथमा गायक कमल, ममता, कलाकार विजय बम्डेल लगायतले अभिनय गरेका छन् । भिडियोलाई मनिष पन्तले नै छायाँकन तथा सम्पादन गरेका छन् । भिडियो बुलबुल मिडिया प्रा.लिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 
हेर्नुहोस् भिडियो:


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x