×

NMB BANK
NIC ASIA

लोकगायिका डिक्रा : विभेदले थिचिइन्, हातमुख जोर्न धौ-धौ

फागुन १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- 

Sagarmatha Cement
Muktinath Bank

'बाँझ गुराँसका दाउरा, बल्ला गुरुगुरु 
साईका नाडी मेरा हात चल्ला शुरूशुरू' 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुनसक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन् । सुरिलो स्वरकी धनी सुदूर पश्चिमकी यी चेलीलाई त्यहाँका प्रमुख शहरमा हुने विभिन्न महोत्सवमा समेत स्थान दिइन्नँ । त्यस्ता महोत्सवमा काठमाडौं र अन्य शहरबाट आधुनिक र पप सङ्गीतका कलाकारलाई लाखौं खर्च गरेर लगिन्छ तर, कञ्चनपुरकी डिक्रालाई बोलाइन्नँ । बोलाइए पनि काठमाडौँबाट लगिने कलाकारको तुलनामा अति न्यून पारिश्रमिक दिइन्छ । 


Advertisment
Nabil box
Kumari

डिक्राले डेउडा र ठाडी भाकामा दिएको योगदानलाई सम्मान र संरक्षण गरिनुपर्नेमा उल्टै उपेक्षा भइरहेका बेला गएको शनिबार काठमाडौंको राष्ट्रिय नाचघरमा एकल डेउडा गायनपछि डिक्राको परिचय देशभर फैलिएको छ । तारादेवी, नारायण गोपाल जस्ता मूर्धन्य कलाकारहरुले रेडियो नेपालमा गाएको सुनेर कलाकार बनेकी डिक्रालाई आफूले पहिला पहिला गाएका आफ्नै गीत र भाकाहरू बिर्सने स्थिति भइसकेको छ । 

Vianet communication
Laxmi Bank

कोइली झैं सुरिलो आवाज निकालेर पति सङ्गीतकार कित्थ्या बादीका साथ भाका हालेर काठमाडौंका कलाप्रेमी र दर्शकमाझ पहिलोपटक प्रस्तुत भएपनि डिक्रालाई यस क्षेत्रमा पुनरागमन हुन उत्साह थपिएको छ । उचित वातावरण नपाएपछि विसं २०५२ तिर उनले गायनलाई स्थगन गरेी थिइन् । कुराकानीको क्रममा डिक्राले भनिन्, 'खोजीखोजी काठमाडौंमा गायनका लागि ल्याउन पहल गर्ने अमृत भादगाउँले र हेमन्त विवशका कारणले मलाई आँट मिलेको छ । मेरो भाग्य खुलेको छ । अब बाटो पाएँ जस्तो लागेको छ ।' 

कन्सेप्ट नेपालको आयोजना तथा रैथाने साङ्गीतिक समूह र अलिमियाँ लोक वाङ्यमय प्रतिष्ठानको सहयोगमा डिक्रा एकल गायन भएको थियो जहाँ उनलाई आर्थिक सहयोग, गीत रेकर्ड र उपचारमा सहयोगको घोषणा गरिएको थियो । डिक्राको भगोष्ट समस्या (युटेरस)को पनि यही काठमाडौं बसाइमा उपचार शुरू भएको छ । 

बाजुरा माइत र घर बझाङबाट झरेर हाल कञ्चनपुरको कृष्णनगर नगरपालिका–२ बङ्कमा बस्दै आएकी बादीलाई दलित भएकै कारण स्थानीय महोत्सवहरूमा कलाकारका रुपमा महत्व नदिइएको ठान्नेहरू पनि छन् । 'पहिला पहिला सिक्न आउनेहरू परेवा जोडी आया छन्, हात मिलाऔं भन्थे, अहिले हामीलाई भेट्न आउनेहरूलाई समेत पनि बास भएको ठाउँ ठेगाना देखाउन पछि हट्छन्,' डिक्रा दम्पतीको व्यथा छ – 'रोजगारी छैन, मागेर खान भएन ।' पहाडमा डेउडा र ठाडी भाका घन्काएर हिँड्ने डिक्रालाई यो संस्कृति लोप हुन लागेकामा पनि चिन्ता छ । 

उनको ‘प्याउली फूल्न दे’ एल्बम तयार भएर पनि रेकर्ड भएको छैन । त्यसमा रहेका 'हिउँदका पहाडी दिन भँवरा डुल्न दे, 
अब त फूलका भारी फुल्न दे' जस्ता मार्मिक गीतहरू अत्यधिक लोकप्रिय छन् । 

अनामनगरमा विशेष डिजिटल सञ्चालन गर्ने शोभा थापाले काठमाडौंबाट महङ्गो शुल्कमा कलाकार लगेर ठाउँ ठाउँमा महोत्सव गर्ने आयोजकहरुले डिक्रालाई नसम्झिएकामा दुःखेसो पोखिन् । उनले भनिन्, 'डिक्रा दिदीबाट गीत सिकेकाहरूले बढी कमाउन थालिसके । उनको आर्थिक अवस्था दयनीय भएको चाहिँ कसैले देखेनन् । त्यही भएर हामीले दिदीका लागि केही गर्न खोजेका छौं ।' 

डिक्राको सम्पत्तिका नाममा बङ्कमा नौ धुर ऐलानी जग्गा छ । त्यहीँको एक झुप्रोमा उनीहरूको जोडी बस्दै आएको छ । चार छोराछोरी लाखापाखा लागिसके । कामकै सिलसिलामा एक छोरो मलेशियामा छ । 

नेपालको सुदूर तथा मध्य क्षेत्रमा गाइने प्रचलित लोकगायन शैली ठाडी भाका र डेउडा बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालीकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा मुख्य रूपमा अपनाइन्छ । ठाडी भाकामा आलाप गर्ने लोकप्रिय परम्परा छ । 

सामान्य साक्षर डिक्रा बादीले २०५२ सालदेखि डेउडा गीत रेकर्ड गराएकी हुन् । यसैबाट लोकप्रियता हासिल गरेर करीब एक दर्जन गीति एल्मब निकालेकी डिक्राका गीतहरू डिजिटलाइज्ड हुन नसक्दा सामाजिक सञ्जालमा हेर्न र सुन्न सकिँदैन । 

काठमाडौंमा उनको यो पहिलो एकल गायन हो । उनको पहिलो एल्बम ‘बसिबियाँलो’ गायक नरेन्द्रराज रेग्मी र गोरख थापाको पहलमा भारतको पलियामा रेकर्ड गरिएको थियो । डिक्रा यसअघि बादी समुदायका महिलाले विसं २०६४ भदौ १ गतेदेखि ४८ दिनसम्म अधिकारका लागि सिंहदरबार पश्चिम ढोकाअगाडि निकालेको अर्धनग्न जुलुसमा सहभागी हुन काठमाडौं आएकी थिइन् । आन्दोलनपछि सरकारले २०६५ पुस २३ गते एक निर्णय गर्दै बादी महिलालाई यौनशोषणमुक्त र पुनःस्थापना गर्ने घोषणा गरेको थियो । 

अहिलेसम्म त्यो कार्यान्वयन नहुँदा आफ्नो समुदाय उपेक्षित भएको उनी ठान्छिन् । वादी समुदायका महिलाले आफूहरूको गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने मागलाई अहिले पनि उठाइरहेका छन् । सरकारले आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रममा बादी महिलाका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न तीन करोड रुपैयाँ विनियोजन गरेको थियो । 

दलित समुदायभित्र पनि सबैभन्दा धेरै बहिष्करणमा पर्दैआएका बादीहरू दाङ, कैलाली, सल्यान, रोल्पा, बर्दिया, सुर्खेत, बाँकेलगायतका जिल्लामा बसोबास गर्छन् । विसं २०६८ को जनगणनाअनुसार बादी समुदायको जनसङ्ख्या ३८ हजार ६०३ छ । महिला बादीको सङ्ख्या पुरुषको तुलनामा दुई हजार जति बढी छ । प्रकाश सिलवाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x