फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
फागुन १७, २०७५
काठमाडौं –बुधवार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित ७ जनाको निधन भयो ।
दुर्घटना भएको हेलिकप्टर पर्यटन व्यवसायी आङछिरिङकै स्वामित्वमा रहेको एयर डाइनेस्टीको थियो । दुर्घटनामा पर्नुअघिसम्म पनि शेर्पा पर्यटनको सम्भावना अध्ययन गर्न मन्त्रीसहित ताप्लेजुङ पुगेका थिए ।
शेर्पा निकट मानिने पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले शेर्पालाई अत्यन्त परिश्रमी र विगतलाई कहिल्यै नभुल्ने व्यक्तिको रूपमा चित्रण गरेका छन् । लोकान्तरका लागि ईश्वर अर्यालसँग कुरा गर्दै शाहीले शेर्पाको निधनले नेपालको पर्यटन व्यवसायमा अपूरणीय क्षति भएको टिप्पणी गरेका छन् । शाहीको टिप्पणी उनकै शब्दमा :-
दिवंगत आङछिरिङ शेर्पा र मेरो सम्बन्ध २०५२ सालदेखि थियो । तत्कालीन पर्यटनमन्त्री बलबहादुर केसीसहित आङछिरिङ शेर्पाको एउटा टीम मानसरोवर जाने भनेर हुम्ला हुँदै आयो ।
त्यतिबेला म नेपाली कांग्रेसको हुम्लाको सभापति थिएँ । म पनि सँगै गएँ । तर हिल्सा नाकाबाट चीनको सीमा कटेपछि त चीनले जम्मा ८ जनाको लागि गाडी पठाइदिएको रहेछ । मन्त्री र सांसदहरूलाई त्यता पठाएर म र छिरिङ शेर्पा शेर गाउँमा बस्यौं । एक रातभर गफ गर्यौं ।
अधिकांश नेपालीले नेपालमा मौका नपाएको खण्डमा बाहिर जाने गर्छन् । तर उनले नेपालमै गरेर देखाए । उनी धेरै शिक्षित पनि थिएनन् । मलाई कहिलेकाहीँ भन्थे, ‘दाइ ! म त जम्मा ३ कक्षासम्म पढेको मान्छे, भारी बोकेर पर्यटन व्यवसायी बनेको हुँ ।’
उनी जहाँ पुगेको भएपनि व्यक्तित्वमा एउटा यथार्थता झल्किने गर्दथ्यो । हुनेखाने भइसकेपछि आफ्नो विगतलाई बिर्सिने बानी हुन्छ कतिपयको । त्यो उनमा पटक्कै थिएन । एक हिसाबले भन्दा उनी ‘डाउन टु अर्थ’ थिए ।
‘दाइ ! म कुन दिन के हुन्छु मलाई थाहा छैन । म हप्तामा एक पटक च्यूरा–आलू खाने ठाउँमा जाने गर्छु, त्यहाँ भेटिने आम मानिसलाई देख्दा मलाई विगतको याद आउँछ । म विगतलाई बिर्सिन सक्दिनँ,’ उनी मलाई भन्ने गर्थे ।
उनी जतिसुकै धनी मान्छे भएपनि लवाइखवाईमा त्यो कहिल्यै झल्किएन । उनलाई बाहिरबाट नचिनेको मान्छेले देख्यो भने अति सामान्य देख्थ्यो ।
मान्छेहरूमा कतिपय कमजोरी हुन सक्छन्, त्यसमा उनी अपवाद थिएनन् । तर मलाई के कुरा राम्रो लाग्छ भने उनमा यो देशमा गाउँमा जन्मेर हुर्केर पनि यही देशमा केही गर्नुपर्छ भन्ने भावना थियो । उनका अधिकांश समकक्षी जापान, अमेरिका, युरोप गएर सेटल भए । तर उनी यही देशमा केही गरौं भन्ने भावना लिएर अन्तिमसम्म पनि संघर्ष गरिरहे ।
उनले जे गरे, व्यक्तिगत रूपमा आफू धनी बन्ने सपना पनि होला । तर त्यो देशको लागि गरे । नाम जे भएपनि हिमालयन एयरलाइन्स अहिले नेपालको अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली एयरलाइन्स हो भनेर चिनिन्छ । देशभित्र पो व्यक्तिको भनेर चिनिन्छ । तर बाहिर त नेपालको सम्पत्ति हो भनेर चिनिन्छ नि !
अहिले तपाईंहरूले पनि देखिरहनुभएको छ, चाइनिज पर्यटकले ठमेल भरिएको छ । त्यसले नेपालीको रोजगारी वृद्धि भएको छैन । बरू रोजगारी खोसिएको छ । उनले नेपाल ल्याएका पर्यटक यहाँका मान्छेको रोजगारी वृद्धि गर्ने खालका हुन्थे । पर्यटकहरू नेपाल आएपछि भरियादेखि खाना खुवाउने होटेलमा पनि नेपालीले काम गरिरहेका हुन्थे ।
‘ग्राउन्ड लेवल’बाट आएर नेपालको पहिलो पंक्तिको पर्यटन व्यवसायी बन्न उनलाई सजिलो थिएन । त्यसका लागि धेरै नेता, अन्य व्यवसायी, विदेशीसँग सम्बन्ध हुनु अपरिहार्य थियो । कतिपयले हामीलाई पनि आरोप लगाउने गर्दछन्, मन्त्री भएर पनि व्यवसायीसँग हिमचिम बढायो भनेर । पर्यटनमन्त्रीले पर्यटन व्यवसायीसँग सम्बन्ध राखेन भने पर्यटन क्षेत्र कसरी सुधार हुन सक्ला र ?उनी पर्यटनको विकास विना नेपालको समृद्धि आउन्न भन्ने मान्यताबाट निर्देशित थिए । पर्यटनले नेपालीको आयवृद्धि गर्नुपर्छ भन्ने उनको मान्यता थियो ।
तर उनको सम्बन्ध ठूला मान्छेसँग जस्तो थियो । साना मान्छेसँग पनि उस्तै थियो । उनले आफ्नो विगत बिर्सिएको भए पर्यटकको भारी बोक्ने सामान्य मान्छेसँग पनि सँगै बसेर चिया पिउँदैन्थे ।
हेर्दाखेरी वा सामान्य रूपमा बोल्दाखेरी यो मान्छे छुच्चो होला कि भन्या जस्तो तर साँच्चै खुला हृदय भएका मान्छे थिए उनी । सम्बन्धको कुरा त कहिले प्रचण्डसँग नजिक छ भन्थे, कहिले केपी ओलीसँग नजिक छ भन्थे भने कहिले शेरबहादुर देउवासँग नजिक भएको टिप्पणी आउने गर्दथ्यो । तर एउटा व्यवसायी भएपछि सबैसँग उनले सम्बन्ध बढाएका थिए ।
मलाई कति पटक उनले के भनेका थिए भने, ‘मेरो भाउजु (पासाङ ल्हामु शेर्पा) लाई राष्ट्रिय विभूति घोषणा गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा नै हुन् ।’ यसो उनले पटक–पटक भने । ‘नेपाली कांग्रेसले त्यतिबेला लिएको खुला अर्थतन्त्रको अवधारणा नभएको भए म यति ठूलो व्यवसायी बन्न सक्ने थिइनँ’ भनेर पनि उनले पटक–पटक भन्ने गर्दथे ।
उनी कहिल्यै मिडियामा आउन नचाहने मान्छे हुन् । तपाईंहरूले याद गर्नुभयो भने दुर्घटना हुनुभन्दा अगाडि पनि उनको फोटो कसैले खिचेनन् । अरूजस्तो मान्छे भइदिएको भए, उनी टक्क मन्त्रीको छेउमा बसेर फोटो खिचेर मिडियामा छाउन चाहन्थे । तर उनी त्यस्ता थिएनन् ।
उनका पनि कति शत्रु होलान्, कति मित्र होलान्, त्यो सबैको हुन्छ । तर म त के भन्छु भने आज जसरी युवाहरू देश छोडेर बाहिर गइरहेका छन्, उनले पनि त्यस्तै गर्न सक्थे ।
शेर्पाको राजनीतिक झुकाव कहीँकतै थिएन । उनले भन्ने गर्दथे, ‘म एक विशुद्ध व्यवसायी हुँ, मलाई सबै पार्टी आवश्यक पर्छ । नेपाली कांग्रेसले खुला आकाश नीति ल्यायो र मैले नेपाली आकाशमा आफ्नो जहाज उडाउन पाएँ ।’ यही कारण शेर्पालाई कांग्रेस निकट भन्ने आरोप लाग्यो ।
मैले पछिल्लो समयमा सुन्ने गरेको थिएँ, शेर्पा ओली निकट थिए भनेर । तर म के भन्न चाहन्छु भने उनी कुनै राजनीतिक पार्टी नजिक थिएनन् । ‘दाइ ! मैले यति धेरै मन्त्री कमाएँ कि मन्त्री भएको भोलिपल्ट मलाई फोन गरेर कसरी काम गर्नुपर्ला ? भनेर सोध्छन्’ भनेर भन्ने गर्दथे ।
तर यही देशमा बसेर केही गर्छु भन्ने ठूलो सपना र पर्यटनले मात्र देशको विकास हुनसक्छ भन्ने मान्यता राख्ने व्यक्ति थिए उनी । साँच्चै भन्ने हो भने एउटा महान् व्यक्ति गुमायो देशले । उनको निधनले नेपालको पर्यटन क्षेत्रमा अपुरणीय क्षति भएको छ ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...